Siraha Times
ताजा समाचार

बिधालयमा अभिमुखिकरण

  • कार्तिक २८, २०७६
  • १००४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान २८, कार्तिक । सिरहाको लहान नगरपालिका वडा नं. — २३ को माध्यमिक बिधालय सोनमती गाढामा आज एक दिने बिधालय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्पर्श नेपाल शाखा कार्यालय लहानको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रममा सो विधालयको कक्षा ९ र १० का करिब ६० जना छात्र छात्राहरुको सहभागिता रहेको स्पर्श नेपालका जिल्ला सुपरभाईजर कैलाश कुमार शाहले जानकारी दिनुभयो । अभिमुखिकरण कार्यक्रममा लागु औषधको माध्यमले हुने मानबिय क्षती न्युनिकरण गर्नको लागी बिभिन्न उपायहरुको बारेमा बिषेश रुपले छलफल भएको थियो भने एच आई भि एडस बाट बच्ने उपायहरुको बारेमा समेत छलफल भएको सुपरभाईजर शाहले बताए । कार्यक्रमको सहजिकरण आईआरडब्लु प्रदिप यादव र सोभानन्द चौधरीले गरेका थिए । कार्यक्रममा स्कुलको प्रधानाध्यापक अरबिन्द कुमार दास लगायत शिक्षकहरुको सहभागिता समेत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१