Siraha Times
ताजा समाचार

सिरहाको लहानमा बाउला स्यालले एक दिन मै १६ जना लाई टोके गाउँ नै त्रसित

  • कार्तिक १९, २०७६
  • २०७५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह , सिरहा १९ कार्तिक - सिरहाको लहान नगर पालीका वाडा नम्बर ४ मा मगवार बिहान बाउला स्यालले गाउँका १६ जनालाई एकै दिनमा टोके पछी पुरै गाउँ मै आतंकित भएका छन् । सिरहा र सप्तरीको सिमाना पर्ने बलान खोलाको शिशुगारीबाट निसकेको बाउला स्यालले लहान नगरपालीका ४ कुमहालटोल मा १६ जना मानिसलाई टोके पछि गाउँ नै त्रसित भएका छन् । एका बिहानै गाउँका महिला र पुरुषहरूले सौचका लागी घर बाहिर निस्केको मानिसहरुलाई सेतो रंगको बाउला स्यालले टोके पछी दर्जनौं महिला र पुरुष घाइते भएका छन् । गाईते हुनेमा ७० वर्षिय रामबालक पण्डित ,४५ वर्षिय सोनाई मेस्तर , ५ वर्षिय मो. रेहान , ५५ वर्षिय गुलाब देबि महतो घाइते भएका छन। समान्य रहनेमा संन्जु देबि महतो , प्रदीप महतो,सुरज कुमार दास,नन्दनी मेस्तर ,रबिना कुमारी मेस्तर,संजीव कुमार दास लगायतका ब्यक्तीहरु रहेका वाडा अध्यक्ष रामनाथ पण्डितले बताए छन् । ईलाका प्रहरी कार्यालय लहानका डि.सपी भेश राज रिजाल र सशस्त्र क्यामप लहानका सशस्त्रका डि.सपी अर्जुण साप्कोटा सूचना पाए लगत्तै घटना स्थल पुगेका थिए । घाइते सबै जनाको लहान अस्पतालमा उपचार भई रहेको अस्पताल प्रमुख सुनिल कुमार कुशवाहा ले बताए ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१