Siraha Times
ताजा समाचार

भवानीको २४ औं साधारण सभा सम्पन्न

  • कार्तिक १५, २०७६
  • ९१६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह सिरहा १५ कार्तिक । भवानी एकिकृत विकास केन्द्र धनगढीमाइ नगरपालिका २ भवानीपुरको २४ औं वार्षिक साधारण सभा विहिबार सम्पन्न भएको छ । प्रदेश २ का आर्थिक मामिला तथा योजना निर्माण मन्त्री विजय कुमार यादवको प्रमुख आतिथ्यता तथा धनगढीमाइ नगरपालिकाका नगर प्रमुख हरी नारायण चौधरी र लक्षमीपुर पतारी गाउँपालिका अध्यक्ष राम बल्लभ साहको विशिष्ट आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मंत्रि यादवले भनु भयो शिक्षामा पछाडी सातै प्रदेशमा यो दोस्रोमा पर्छ।

भने प्रदेश २ को आटै जिल्ला मध्ये सबभन्दा तल सिरहा जिल्ला पर्दछ । तल हुनुमा मुख्य कारण हो केन्द्रीय सरकारको प्रदेश माथि हेर्ने दृष्टि । केन्द्रिीय सरकारले कुल बजेटको १५ प्रतिशत बजेट मात्र प्रदेश सरकारलाई दिने गरेका छन । जस १५ प्रतिशतमा ८ वटा प्रदेश, जम्मा २ प्रतिशतको अधिनमाा रहि प्रदेशमा काम गर्नु पर्ने धारणा राखेका थिए । यस सँस्था द्वारा संचालित कार्यक्रम अन्तर्गत हरबा चरबा न्युनिकरण कार्यक्रम र खानेपानी तथा सरसफाइ सुधार आयोजना कार्यक्रममा महत्वपूर्ण भुमिका तथा अतुलनिय योगदान निर्वाह गर्दै आइरहेका विभिन्न विधाका संस्था, व्यक्ती तथा कर्मचारीहरुलाइ यस कार्यक्रममा प्रमुख अतिथि, बिशिष्ट अतिथि र सभाअध्यक्षबाट प्रशंसा पत्र प्रदान गरिएको थियो ।

प्रसंशा पत्र प्रदान गर्दै धनगढीमाई नगरपालिकाका नगर प्रमुख हरीनारायण चौधरीले भनु भयो समाजिक रुपानतरको महाअभियान जुन शुरु भएको छ त्यसमा हामी सबै हातोमालो गरी अगाडी बढन् पर्नेमा जोड दिनु भएको थियो । प्रदेश २ सरकार संचालन गरेको बेटी बचाउ बेटी पढाउ,बेटी शैक्षिक बिमा र मुख्य मंत्रि स्वच्छता अभियान जस्ता कार्यक्रमको प्रसंशा पनि गर्नु भयो । यस्ता किसिमका कार्यक्रमलाई समाजिक संघ संस्थाहरुसंग समन्वय र सहकार्य गरी जदाँ झन प्रभावकारी हुनेमा जिकिर गरेका थिए ।

सँस्थाका अध्यक्ष दिपेश कुमार चौधरीको अध्यक्षतामा सम्पन्न गरिएको उक्त कार्यक्रममा आर्थिक वर्ष २०७५।७६ को कार्यक्रम प्रतिवेदन माहासचिव जसकरण साहले प्रस्तुत गरेको थियो भने आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष संगिता चौधरीले प्रस्तुत गरेको थियो । सो कार्यक्रममा गै.स.स.माहासँघ, स्थानिय जनप्रतिनिधि, विभिन्न सँघ संस्था प्रतिनिधि , स्थानिय राजनितिकर्मी, समाजसेवी, आजिवन सदस्य लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन सुजित कुमार चौधरीले गर्नु भएको जानकारी संस्थाका सचिव रामबहादुर चौधरीले दिनु भएकको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१