ताजा समाचार

सिरहा प्रहरीद्वारा अबैध सरसमान बरामद

  • कार्तिक २, २०७६
  • १२२६ पटक पढिएको
  • सिराहा टाइम्स
alt

बिजय साह , लहान कार्तिक २। सिरहाको सीमावर्ती भगवानपुर गाउँपालिका ४ का दुई गोदाममा प्रहरीले छापा मारेको छ। त्यहाँबाट १३ लाख ३६ हजार ५५८ रुपैयाँको मालसामान बरामद भएको छ। इलाका प्रहरी कार्यालय लहानका डीएसपी भेषराज रिजालका अनुसार विषेश सूचनाको आधारमा प्रहरीले दुई गोदाममा छापा मारेको थियो। भारतीय बजारबाट भन्सार छलेर भण्डारण गरिएको सामान प्रहरीले बरामद गरेको उनले बताए। कपडा, जुता, किराना सामान र भाडा वर्तन फेला परेका छन्। बरामद गरिएको सामान ठाडी भन्सार कार्यालयमा बुझाइएको डिएसपी रिजालले बताए। चोरी, तस्करी नियन्त्रणमा सिरहा प्रहरीले शून्य सहनशीलता नीति अपनाएको उनको भनाइ छ। सीमावर्ती क्षेत्र पुगेर प्रहरीले तस्करको गोदाममै छापामारी गरेको पहिलो घटना हो। तस्करले भारतीय बजारबाट सामान ल्याएर सीमा क्षेत्रमा भण्डारण गर्ने र पछि नेपाली बजारमा भन्सार छली गरी पुर्‍याउने गरेका थिए। यहाँका बजारमा भारतीय कपडा छ्यापछ्याप्ती पाए पनि कपडामा भन्सार शून्य बराबर कट्ने गरेको भन्सार कार्यालय ठाडीले जनाएको छ। प्रहरीले दिनहुँ तस्करीका सामान समात्न थालेपछि भन्सार असुली बढेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

लहानमा शनिबार हुने छ ...

रहमुल, लहान, ५ कार्तिक। सिरहाको लहान नगरपालिका क्षेत्रभित्र लामो समयदेखि समस्याका रूपमा रहँदै आएको ग ...

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤