Siraha Times
ताजा समाचार

सिरहा प्रहरीद्वारा अबैध सरसमान बरामद

  • कार्तिक २, २०७६
  • ११७२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

बिजय साह , लहान कार्तिक २। सिरहाको सीमावर्ती भगवानपुर गाउँपालिका ४ का दुई गोदाममा प्रहरीले छापा मारेको छ। त्यहाँबाट १३ लाख ३६ हजार ५५८ रुपैयाँको मालसामान बरामद भएको छ। इलाका प्रहरी कार्यालय लहानका डीएसपी भेषराज रिजालका अनुसार विषेश सूचनाको आधारमा प्रहरीले दुई गोदाममा छापा मारेको थियो। भारतीय बजारबाट भन्सार छलेर भण्डारण गरिएको सामान प्रहरीले बरामद गरेको उनले बताए। कपडा, जुता, किराना सामान र भाडा वर्तन फेला परेका छन्। बरामद गरिएको सामान ठाडी भन्सार कार्यालयमा बुझाइएको डिएसपी रिजालले बताए। चोरी, तस्करी नियन्त्रणमा सिरहा प्रहरीले शून्य सहनशीलता नीति अपनाएको उनको भनाइ छ। सीमावर्ती क्षेत्र पुगेर प्रहरीले तस्करको गोदाममै छापामारी गरेको पहिलो घटना हो। तस्करले भारतीय बजारबाट सामान ल्याएर सीमा क्षेत्रमा भण्डारण गर्ने र पछि नेपाली बजारमा भन्सार छली गरी पुर्‍याउने गरेका थिए। यहाँका बजारमा भारतीय कपडा छ्यापछ्याप्ती पाए पनि कपडामा भन्सार शून्य बराबर कट्ने गरेको भन्सार कार्यालय ठाडीले जनाएको छ। प्रहरीले दिनहुँ तस्करीका सामान समात्न थालेपछि भन्सार असुली बढेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१