आजबाट लहानमा तिन दिने प्रशिक्षण सुरु

  • असोज ९, २०७६
  • ८७२ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा असोज ९ , लहान जीवन बीमाको माध्यमले देशलाई आर्थिक रुपमा सक्षम बनाउने उद्देश्यका साथ कामगर्दै आईरहेको नेपाल लाईफ इन्स्योरेन्स क.लि. को बीमा ब्यवसाय अभिबृद्धीका लागी ३ दिने प्रशिक्षण कार्याक्रम आजबाट लहानमा सुरु भएको छ । अभिकर्ताहरुलाई उचित परामर्शको माध्यमबाट सक्षम बनाई बीमा बजार व्यवसायमा बलियो बनाउनका लागी आजबाट प्रशिक्षण कार्यक्रम सुरु गरिएको सो कम्पनीले जनाएको छ । लहान शाखाको ब्यबस्थापन मा संचालित तालिममा प्रदेश नं. १ र २ का अभिकर्ताहरुका साथै प्रदेश नं. १ र २ का जिल्लाहरुका शाखा प्रमुख समेत सहभागिता रहेको लहान शाखाका प्रमुख भोगेन्द्र कुमार साहले जनाए । पुर्वाअञ्चलका प्रमुख टिकादत्त प्याकुरेल को प्रमुख आतिथ्यमा संचालित प्रशिक्षण कार्याक्रममा करीब दुई सय भन्दा बढी को सहभागिता रहेको छ । नेपालको ख्याती प्राप्त व्यवसायीक तथा व्यापारिक घरानाहरूको समूहबाट संचालीत सो बिमा कम्पनीले कम्पनी ऐन २०५३ तथा बीमा ऐन २०४९ अन्तर्गत पब्लीक लिमिटेडको रूपमा नेपालमा काम काज गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा पुनः आन्दोलनक ...

ओम प्रकाश यादव लहान, साउन २ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सर्वोच्च अदालतले दिएको परमादे ...

लहानमा भव्यताका साथ ...

बिरेन्द्र प्रसाद नेपाल लहान भदौ २ । लहानमा यस वर्ष पनि प्रत्येक बर्ष जस्तै यो बर्ष पनि श्रीकृष् ...

मधेसमा लागूऔषध (drug ...

रहमुल लहान २ भदौ । मधेसमा लागूऔंषध (drugs) को दुर्व्यसन तर्फ युवाहरुको अवस्था चिन्ताजनक बन्दै गएको छ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१