सिरहामा लागु औषध कारोबारमा, दुई बालक पक्राउ

  • असोज ५, २०७६
  • १२२३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह -सिरहा, ५ असोज । नेपालमा प्रतिबन्धित लागु औषध तस्करीमा दुई जना बालकलाई ठाडी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिरहाको नवराजपुर गाउँपालिका ४ बस्ने देवेन्द्र यादबको १२ वर्षीय छोरा शिवराम यादब र भगवानपुर गाउँपालिका ३ बस्ने रामविलास यादबको १० वर्षीय छोरा दिपरञ्जन यादब रहेको हो । दुवै जना भारतबाट अवैध रुपमा नेपाल भित्र्याउन लागेका विभिन्न खालका औषधीसहित भगवानपुर गाउँपालिका ३ लालपुरबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । ठाडी प्रहरीको इनचार्ज चन्देश्वर सिंहले बताए । सिंहका अनुसार बालकको साथबाट प्रतिबन्धित ट्याब्लेट ओमी ५७ पत्ता, किपला २२ पत्ता, एभिल १० पिस, डाइलोना १० पिससहित करिब ४० हजार बराबरको औषधी बरामद भएको सिंहले बताए । पक्राउ परेका बालकलाई कसैले रकमको लोभ दिएर औषधी तस्करी गर्न लगाएको प्रहरीले अनुमान गरेका हुन् पक्राउ परेका दुबै बालक माथी अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताए ।

प्रतिक्रिया दिनुहोस

महान मधेस जनविद्रोहक ...

रहमुल, लहान ५ माघ। महान मधेस जनविद्रोहका महान वीर सहिद रमेश महतो लगायत सम्पूर्ण सहिदहरूको स्मरण तथा ...

मेयर महेश चौधरीद्वार ...

ओम प्रकाश यादव लहान माघ ५ । लहान नगरपालिका–२४ निवासी परम देवी यादवको निधन भएपछि शोकमा डुबेको प ...

लहान–२१ मा जसपा नेपा ...

लहान माघ ३ ।सिरहा जिल्लाको लहान नगरपालिका–२१ मा जनता समाजवादी पार्टी (जसपा) नेपालको वडा समिति ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१