Siraha Times
ताजा समाचार

सिरहा लगायत पुर्वी मधेसका वर्षा भएपछि किसान हर्षित, बिहानैदेखि मल खाद छर्दै

  • भदौ ३१, २०७६
  • १७५४ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

नरेशचन्द्र बरवरिया सिरहा,भाद्र ३१ गते । ।सिरहालगायत पुर्वी मधेसका किसान गएराति वर्षा भएपछि हर्षित भएका छन । लामो समयदेखिको खडेरीका कारण धान खेतमा चिरा परेर तनाब झेल्दै आएका किसानहरु अहिले खुशी छन । राति पानी परेपछि ठूलो राहत भएको किसानले बताएका छन् । पानी परेर खुसी भएका सिरहा र सप्तरीका किसान ढिलै भएपनि आज बिहानैदेखि मल खाद छर्न जुटेका छन् ।यो दृश्यमा प्रस्टै देखिन्छ । सिरहा र सप्तरीका अधिकान्स खेतीयोग्य जग्गामा सिचाईको अभाव रहेको छ । आकाशे पानीमा निर्भर रहेका यी किसान समयमा वर्षा नहुदा डिहवार बाबा र गोसाइँ बाबालाई पुज्ने गर्छन । सिंचाइ सुविधामै खटिने कर्मचारीका लागि मासिक २५ लाख ३५ हजार रुपैयाँ खर्चिंदै आए पनि सुविधा भने किसानले पाउन नसकेको सरोकारवालाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१