विनोद अविरल, असोज १६ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१२ मा रहेको डोटेल माध्यमिक विद्यालयमा शिक्षक अभिभावक संघको गठन गरिएको छ । अभिभावक तथा सरोकारवालाहरूको भेलाले ध्यानी मण्डलको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको हो । ११ सदस्यीय समिति गठन भएसँगै विद्यालयमा शिक्षक अभिभावक संघले पूर्णता पाएको छ । विद्यालयको इतिहासमा यसअघि यसरी औपचारिक रूपमा शिक्षक अभिभावक संघ गठन गरिएको थिएन । पहिलोपटक संघ गठन भएपछि विद्यालयको शैक्षिक वातावरण सुधार र अभिभावक-शिक्षकबीचको सम्बन्ध अझ प्रगाढ हुने अपेक्षा गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देव कुमार महतोको दूरदर्शिता र सक्रियताका कारण विद्यालय सुधारको अभियान सकारात्मक बाटोमा अगाडि बढेको स्थानीय तथा अभिभावकहरूले बताएका छन् । नवनिर्वाचित समितिले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र भौतिक पूर्वाधार विकासमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved