ताजा समाचार

लामो रस्साकस्सीपछि जनता मावि सोनमती गाढामा सर्वसम्मत विद्यालय व्यवस्थापन समिति गठन

  • असोज १४, २०८३
  • ४५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान, १४ असोज । सिरहाको लहान नगरपालिका–१९ र २३ नं. वडाको बीचमा अवस्थित जनता माध्यमिक विद्यालय, सोनमती गाढामा लामो समयदेखिको रस्साकस्सी र छलफलपछि विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) सर्वसम्मत रूपमा गठन भएको छ। विद्यालय व्यवस्थापन समिति गठनका विषयमा लामो समयदेखि देखिएको असमझदारी अन्त्य गर्दै दुवै वडाका जनप्रतिनिधि, अभिभावक, नागरिक समाज तथा सरोकारवालाबीचको सहमति र समझदारीबाट समिति गठन गरिएको हो।

सर्वसम्मत रूपमा समिति गठन भएपछि विद्यालयको शैक्षिक तथा प्रशासनिक सुधारका लागि नयाँ आधार तयार भएको स्थानीयको भनाइ छ। गठन गरिएको समितिमा दुई जना महिला र दुई जना पुरुष अभिभावक प्रतिनिधिका रूपमा चयन भएका छन्। लामो समयसम्म सहमति जुटाउन भएका विभिन्न चरणका छलफल र प्रयासपछि सबै पक्षलाई समेटेर सर्वसम्मत रूपमा समिति गठन हुनु सकारात्मक उपलब्धिका रूपमा लिइएको छ। विद्यालय व्यवस्थापन समिति गठनमा सहजीकरण तथा सहमति निर्माणका लागि भूमिका निर्वाह गर्ने लहान नगरपालिका–१९ र २३ नं. वडाका जनप्रतिनिधि, अभिभावक, नागरिक समाज, विद्यालय परिवार तथा सम्पूर्ण सरोकारवालाको प्रयास सराहनीय रहेको स्थानीयले बताएका छन्।

विद्यालय दुईवटा वडाको बीचमा रहेकाले यसको विकास र सुधारमा दुवै वडाको समान चासो र जिम्मेवारी आवश्यक रहेको सरोकारवालाको भनाइ छ। विगतका मतभेद र असमझदारीलाई पछाडि छाड्दै विद्यालयको हितलाई केन्द्रमा राखेर अघि बढ्न सके शैक्षिक वातावरणमा थप सुधार ल्याउन सकिने अपेक्षा गरिएको छ। विद्यालयको भौतिक पूर्वाधार विकास, गुणस्तरीय शिक्षा, विद्यार्थीको नियमित उपस्थिति, अनुशासन, शिक्षक–अभिभावकबीचको सहकार्य तथा विद्यालयको समग्र व्यवस्थापन सुधारमा नयाँ समितिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने स्थानीयको अपेक्षा छ।

विद्यालय राम्रो बनाउने जिम्मेवारी व्यवस्थापन समिति वा शिक्षकको मात्र नभई जनप्रतिनिधि, अभिभावक, शिक्षक, विद्यार्थी, नागरिक समाज र सम्पूर्ण स्थानीय समुदायको साझा दायित्व भएको सरोकारवालाले बताएका छन्। सबै पक्षले सकारात्मक सोचका साथ हातेमालो गरे जनता मावि सोनमती गाढालाई क्षेत्रकै नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गरिएको छ। सर्वसम्मत रूपमा समिति गठन भएसँगै अब विगतका विवादलाई अन्त्य गर्दै विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थीको भविष्यलाई प्राथमिकतामा राखेर अघि बढ्ने वातावरण बनेको छ।

प्रतिक्रिया दिनुहोस

स्वास्थ्य सेवामा लाम ...

रामअधार यादव, रौतहट, असोज, १४ रौतहट । रौतहटको कटहरिया नगरपालिका–१ स्थित भसेढवा स्वास्थ्य चौकीम ...

सडक नाटकमार्फत लहान– ...

ओम प्रकाश यादव लहान, असोज १३ । लहान नगरपालिकाको वडा नं. ४ मा ‘घर–घरको शान, स्वच्छता अभिय ...

जसपा नेपाल सिरहामा ६ ...

ओम प्रकाश यादव लहान असोज १३ । जनता समाजवादी पार्टी, नेपाल जिल्ला समिति सिरहाको समायोजन तथा विस्तारित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤