रहमुल, लहान १० असोज । सिरहाको लहान नगरपालिका–४ चम्पापुरस्थित श्री मधेश शहीद विजय सहनी आधारभूत विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) गठन हुने भएको छ। विद्यालयका प्रधानाध्यापक योगेन्द्र यादवद्वारा हस्ताक्षरित सूचनाअनुसार हाल कायम विद्यालय व्यवस्थापन समितिको पदावधि समाप्त भएकाले प्रचलित शिक्षा ऐन, २०२८ (संशोधनसहित) तथा शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को व्यवस्था बमोजिम नयाँ समिति गठन गर्न लागिएको हो।
विद्यालयले जारी गरेको सूचनामा २०८३ साल असोज १५ गते बिहीबार दिउँसो १ बजे विद्यालयको प्राङ्गणमा हुने भेलामा सम्पूर्ण अभिभावकलाई अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरिएको छ। विद्यालय प्रशासनले नयाँ विद्यालय व्यवस्थापन समिति गठनको प्रक्रिया अभिभावकको सहभागिता र सहमतिमा अघि बढाइने जनाएको छ। विद्यालयको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधार, विद्यार्थीको सिकाइ वातावरण तथा समग्र व्यवस्थापनमा वि.व्य.स.को महत्वपूर्ण भूमिका रहने भएकाले अभिभावकको सहभागितालाई प्राथमिकताका साथ हेरिएको छ। विद्यालयले ‘सबैको साथ, विद्यालयको विकास’ भन्ने उद्देश्यसहित अभिभावकहरूलाई तोकिएको मिति, समय र स्थानमा उपस्थित भई समिति गठन प्रक्रियामा सहयोग गर्न अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic