अपहरण गरी बन्धक बनाई राखेको अभियोगमा पक्राउ

  • भदौ २३, २०७६
  • ८३५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

काठमाडौं २३ भदौ । काठमाडौं तार्केश्‍वर नगरपालिका-५ फुटुङ बस्ने नुवाकोट दुप्चेश्‍वर गाउँपालिका-१ घर भएका २३ वर्षीय पेम्बा तामाङलाई अपहरण गरी बन्धक बनाएको अभियोगमा ७ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं ईचंगु बस्ने सिन्धुली घ्याङ्ले गाउँपालिका-२ का ४२ वर्षीय पूर्णबहादुर वाईवा, काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने ५३ वर्षीय राजु खड्गी, काठमाडौं कलंकी बस्ने रसुवा गोसाईकुण्ड गाउँपालिका-९ का ४१ वर्षीय पाल्साङ तामाङ, काठमाडौं जमल बस्ने रामेछाप दोरम्बा गाउँपालिका-७ का ३२ वर्षीय लिला थापा मगर, भक्तपुर सूर्यविनायक बस्ने रामेछाप दोरम्बा गाउँपालिका-७ का ३१ वर्षीय शिवराम थापा मगर, काठमाडौं टोखा बस्ने सुनसरी महेन्द्रनगर नगरपालिका-७ का ३९ वर्षीय राजेश गुरुङ र रसुवा थुमान गाउँपालिका-९ का ३५ वर्षीय जिस घले रहेका छन् ।

काठमाडौं महानगरपालिका-१४ कलंकी मकालु पेट्रोल पम्पको नजिकबाट शनिबार बिहान पेम्बा तामाङलाई केही मानिसहरुले गाडीमा लिई गएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले खोजतलास तथा अनुसन्धान गर्ने क्रममा काठमाडौं महानगरपालिका-१५ छाउनीस्थित ३३ वर्षीय अर्जुन लामाको घरमा निज पेम्बा र उनीहरुलाई फेला पारी नियन्त्रणमा लिएको हो । साथै अपहरित पेम्बा तामाङ समेतले ठगी गरेको बुझिन आएको हुँदा निजलाई ठगी मुद्धा तथा अन्य ७ जनालाई अपहरण तथा शरिर बन्धक मुद्धामा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा पुनः आन्दोलनक ...

ओम प्रकाश यादव लहान, साउन २ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सर्वोच्च अदालतले दिएको परमादे ...

लहानमा भव्यताका साथ ...

बिरेन्द्र प्रसाद नेपाल लहान भदौ २ । लहानमा यस वर्ष पनि प्रत्येक बर्ष जस्तै यो बर्ष पनि श्रीकृष् ...

मधेसमा लागूऔषध (drug ...

रहमुल लहान २ भदौ । मधेसमा लागूऔंषध (drugs) को दुर्व्यसन तर्फ युवाहरुको अवस्था चिन्ताजनक बन्दै गएको छ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१