Siraha Times
ताजा समाचार

सिरहाको गोलबजार नगरपालिकामा ९ जना डेंगुका बिरामी भेटिए

  • भदौ २३, २०७६
  • ९२० पटक पढिएको
  • सिराहा टाइम्स
alt

महेश सिंह - सिरहा,२३ भदौं । सिरहाको गोलबजार नगरपालिकामा ९ जना डेंगुका बिरामी फेला परेका छन् । उनीहरूमध्ये मेयर देवनाथ साहकै घरका चार बिरामी छन् । बिरामीको काठमाडौं, धरान र विराटनगरमा उपचार भइरहेको छ। डेंगुको प्रकोप देखिएपछि नगरपालिकाले लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किन थालेको छ । नगरपालिकाका स्वास्थ्य शाखा संयोजक पवन पंजियारका अनुसार वडा नम्बर ४ का ७ जना र वडा ३ का २ जनामा डेंगु संक्रमण देखिएको हो । डेंगु संक्रमण फैलिन नदिन औषधि छर्ने र कसरी बच्नेबारे प्रचार प्रसार थालिसकेको उनले जानकारी गराए । ‘लामखुट्टे नियन्त्रण अभियान चलाउने योजना अन्तर्गत औषधि छर्ने काम हुन सकेको थिएन,’ मेयर साहले भने, ‘डेंगु सक्रमित देखिएपछि तत्कालै स्वास्थ्य शाखालाई नियन्त्रण गर्ने योजना बनाउन निर्देशन गरेको छु।’ नगरको सम्वेदनशील क्षेत्रमा ‘फोबिङ्ग’ ९औषधी छर्ने कार्य० र डेँगुबाट बच्ने सन्देशमूलक सूचना सम्पे्रषण सुरु भइसकेको उनले बताए। डेँगु रोगका लामखुट्टे सफा र स्थिर पानीमा बस्ने भएकोले त्यस्ता ठाउँहरूलाई पहिचान गरी नष्ट गर्नुपर्ने स्वास्थ्य संयोजक पंजियारले बताए। घर वरपर फालिएको खाली बोतल, गाडी तथा मोटरसाइकलका टायर, कुलर, गमला जस्ता ठाउँहरूमा पानी जम्न नदिने उनले स्थानीयहरूसँग आग्रह गरेका हुन ।

प्रतिक्रिया दिनुहोस

समावेशी शिक्षामा ‘सम ...

रहमुल, सप्तरी १३ वैशाख । समावेशी तथा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने लक्ष्य सहित सञ्चालन हुँदै आएक ...

बलान बिहुलमा सडक स्त ...

रहमुल सप्तरी, १३ वैशाख । “समृद्ध बलान बिहुलको यात्रा” अभियानअन्तर्गत बलान बिहुल गाउँपालि ...

प्रादेशिक अस्पताल लह ...

सिरहाटाइम्स लहान, वैशाख १२ । प्रादेशिक अस्पताल लहानले स्वास्थ्य सेवाको विस्तारमा अर्को महत्वपूर्ण फड ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१