Siraha Times
ताजा समाचार

राष्ट्रिय कृषक समूह महासंघ नेपालको १६औँ स्थापना दिवस : जलवायुजन्य विपत्तिको क्षतिपूर्ति दिलाउन अन्तर्राष्ट्रिय समुदायसँग अपिल

  • भदौ २३, २०८३
  • ३६६ पटक पढिएको
  • रहमुल
alt

रहमुल, लहान, २३ भदौ । राष्ट्रिय कृषक समूह महासंघ, नेपालले आफ्नो १६औँ स्थापना दिवस विभिन्न कार्यक्रमसहित मनाउँदै देशमा बढ्दो अन्याय, अशान्ति तथा जलवायुजन्य विपत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ। महासंघको राष्ट्रिय सचिवालय, राष्ट्रिय कार्य समितिको कार्यालय काठमाडौंले जारी गरेको सन्देशमा महासंघमा आबद्ध कृषक समूह, कृषि सहकारी, पशु सेवा समूह, वडा, पालिका, जिल्ला, प्रदेश तथा राष्ट्रिय तहका कार्यसमितिमा कार्यरत पदाधिकारी, सल्लाहकार, संरक्षक, कर्मचारी, श्रोत साझेदार संस्था, सरकारी तथा गैरसरकारी निकाय र सहकर्मी संघसंस्थाप्रति धन्यवाद तथा शुभकामना व्यक्त गरिएको छ।

महासंघका राष्ट्रिय अध्यक्ष पञ्चकाजी श्रेष्ठले स्थापना दिवसको अवसरमा महासंघलाई निरन्तर साथ, सहयोग, सुझाव र प्रेरणा प्रदान गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आभार व्यक्त गरेका छन्। किसानको हकहित, कृषि क्षेत्रको विकास तथा कृषकको सशक्तीकरणका लागि महासंघले आगामी दिनमा समेत निरन्तर काम गर्ने प्रतिबद्धता सन्देशमा व्यक्त गरिएको छ।

सन्देशमा देशमा सुशासन र परिवर्तनका लागि भएका आन्दोलनका क्रममा अन्याय, अत्याचार तथा हिंसाविरुद्ध संघर्ष गर्दै सहादत प्राप्त गर्ने अमर सहिदहरूप्रति श्रद्धाञ्जलीसमेत अर्पण गरिएको छ। महासंघले स्थापना दिवस मनाइरहँदा देशको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै जलवायु परिवर्तनका कारण हिमताल विस्फोट, हिमपहिरो तथा बाढीपहिरोजस्ता विपद्का घटना बढ्दै गएको जनाएको छ। हिमाल पग्लिएर उत्पन्न जलवायुजन्य विपत्तिका कारण चीनको तिब्बत तथा नेपालका रसुवा र नुवाकोटलगायत क्षेत्रमा ठूलो जनधन तथा भौतिक क्षति भएको महासंघले उल्लेख गरेको छ।

विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै महासंघले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, विपद्पछि खोज, उद्धार तथा राहत कार्यमा अहोरात्र खटिएका राष्ट्रसेवक, स्थानीय तहका सरकार, प्रदेश सरकार तथा संघीय सरकारप्रति धन्यवाद ज्ञापन गरिएको छ। महासंघले जलवायुजन्य विपत्तिको जिम्मेवारी र त्यसबाट भएको क्षतिपूर्तिको विषयलाई समेत अन्तर्राष्ट्रिय तहमा उठाउनुपर्ने आवश्यकता औँल्याएको छ। नेपालजस्ता अल्पविकसित तथा जलवायु जोखिममा रहेका मुलुकले आफूले नगरेको उच्च कार्बन उत्सर्जनका कारण ठूलो क्षति व्यहोर्नुपरेको भन्दै शक्तिशाली तथा उच्च कार्बन उत्सर्जन गर्ने मुलुकहरूले नेपाललगायत प्रभावित अल्पविकसित देशलाई सहानुभूति वा सहयोग मात्र नभई प्राकृतिक न्यायको सिद्धान्तअनुसार क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने महासंघको माग छ।

महासंघले यस विषयमा संयुक्त राष्ट्रसंघसमक्ष प्रभावकारी रूपमा आवाज उठाई जलवायु परिवर्तनबाट प्रभावित मुलुकले भोगेको क्षतिको न्यायोचित क्षतिपूर्ति दिलाउन पहल गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेको छ। राष्ट्रिय कृषक समूह महासंघ नेपालको १६औँ स्थापना दिवसको सन्देशले किसानको अधिकारसँगै जलवायु न्याय, प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको संरक्षण र अन्तर्राष्ट्रियस्तरमा क्षतिपूर्तिको मुद्दालाई जोड दिएको छ।

प्रतिक्रिया दिनुहोस

भोटेकोशी बाढीपहिरो प ...

ओम प्रकाश यादव लहान भदौ २३ । भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपहिरोबाट भएको ठूलो मानवीय तथा जनधनको क ...

शान्ति पुनर्स्थापना ...

कपिलवस्तु, भाद्र २२ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाहरूप् ...

लहानमा गर्भवती तथा स ...

रहमुल, लहान, २२ भदौ । सिरहाको लहान नगरपालिकाले गर्भवती तथा सुत्केरी महिलाको पोषण अवस्था सुधार ग ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१