ताजा समाचार

रौतहट प्रहरीले एक राउण्ड गोली लोड गरिएको कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ

  • असार २३, २०८३
  • ७३५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामअधार यादव, रौतहट अषाढ २३ गते । प्रहरीका अनुसार गरुडा नगरपालिका–५ झाझपुलस्थित गौतम सहनीले सञ्चालन गरेको मदिरा पसलमा गरिएको खानतलासीका क्रममा गरुडा नगरपालिका–९ बिर्ताका अन्दाजी ४२ वर्षीय सदरे आलम पक्राउ परेका हुन्। उनको शरीर खानतलासी गर्दा कमरमा भिरेको अवस्थामा एक नाल कटुवा पेस्तोल र त्यसमा लोड गरिएको एक राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउपछि गरिएको सोधपुछका क्रममा आलमले मदिरा पसल पछाडिको खेतमा रहेको झ्याङमा थप गोली र नगद लुकाएर राखेको बताएका थिए। त्यसपछि प्रहरीले उक्त स्थानमा खानतलासी गर्दा कटुवा पेस्तोलमा प्रयोग हुने ४ थान लाइभ राउण्ड गोली, १ थान ब्ल्याङ्क राउण्ड, कालो रङको पर्सभित्र भारतीय रुपैयाँ २४ हजार ५००, नेपाली रुपैयाँ ३२ हजार ५०० तथा नाइट्राभेटका २ वटा ट्याबलेट बरामद गरेको जनाएको छ। घटनाका सम्बन्धमा पक्राउ परेका व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको तथा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

रसुवा बाढीपहिरोमा ज् ...

ओम प्रकाश यादव लहान कार्तिक ३ । रसुवामा आएको बाढीपहिरोमा आफन्त गुमाएर शोकमा डुबेका परिवारको पीडामा स ...

धार्मिक सद्भावको उदा ...

रामअधार यादव, रौतहट, कार्तिक  ३ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचोकमा सञ्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤