क्षत्ति न्युनिकरण गर्न बिधार्थीहरुलाई जनचेतना

  • भदौ ९, २०७६
  • ९४९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा ÷ लहान ९, भदौ सिरहाको लहान नगरपालिका वडा नं. २० का कक्षा ९ र १० का छात्र छात्राहरुलाई लागु औषधको क्षत्ति बाट बच्नका लागी जनचेतना दिईएको छ । माबि हनुमाननगर ब्रमहान गोर्छारीका करीब ५० जना छात्र छात्राहरुलाई स्पर्श नेपाल शाखा कार्यालय लहानले जनचेतना दिईएको सो संस्थाका जिल्ला सुपरभाईजर कैलाश कुमार साहले जानकारी दिनुभयो । सेभ द चिल्ड्रेन को सहयोगमा स्कुलमा गएरै करिब १ घण्टा कक्षा संचालन गरेको सुपरभाईजर साहले बताए । दिन प्रतिदिन लागु औषध प्रयोग गर्ने युवाहरुको बृद्धी भैरहेको अबस्थामा लागु औषध प्रयोग गर्नाले बिभिन्न किसिमका अपराध बढने गरेकाले न्युनिकरण गर्नका लागी त्यस्तो कार्यक्रम संचालन गर्नु परेको उनले बताए । कार्यक्रममा एच आई भि एडस को बारेमा बिशेष छलफल भएको थियो । एक तथ्याङ्क अनुसार सिरहामा दैनिक रुपमा ड्रग्ज प्रयोग गर्ने युवाहरुको संख्या बृद्धी भईरहेको अबस्थामा सुई साटासाट गर्नाले एच आई भि संङक्रमित हुने गरेकोले सो बाट हुने मानबीय क्षती न्युनिकरण गर्नका लागी समेत कर्यक्रमको आयोजना गरेको आयोजकले जनाए । कार्यक्रममा स्कुलका प्रधानाध्यापक , शिक्षक , बुद्धिजिबि , पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस

बिन्दवासिनी गाउँपालि ...

रंजित चौरसिया, वीरगंज २१ माघ । पर्सा जिल्लाको बिन्दवासिनी गाँउपालिकाले दलित तथा विपन्नका लागि आवास न ...

वर्ल्ड भिजनद्वारा पश ...

रहमुल, लहान २१ माघ । मानवीय सेवामा क्रियाशील अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वर्ल्ड भिजनको आयोजनामा ...

युट्युबर र सञ्चारकर् ...

बिरेन्द्र प्रसाद नेपाल लहान मघ २१ । देशमा बढ्दो बेरोजगारीका कारण पछिल्लो समय धेरै युवाहरू वैकल्पिक प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१