अवैध लागूऔषध सहित पक्राउ

  • भदौ ५, २०७६
  • ५९४ पटक पढिएको
  • सिराहा टाइम्स
alt

काठमाडौं, ५ भदौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमनतर्फ भन्सार कार्यालय अगाडिबाट कतार एयरवेजको फ्लाइटद्वारा दोहाबाट काठमाडौं आएका आइबेरीकोष्टका नागरिक राहदनी नम्बर १८ एटी ९५५१४ बाहक ३५ वर्षीय Marcel Guehi लाई अवैध लागूऔषध कोकिन १ किलो ६ सय ग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । काठमाडौं, काठमाडौं महानगरपालिका-९ गौशला पिंङ्गलास्थानबाट अवैध लागूऔषध खैरो हेरोइन ३ ग्राम, डिजिटल तराजु २ थान, नगद ५० हजार रुपैयाँ र मोबाइल २ थान सहित ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-२ घर भएका २५ वर्षीय हेम पाण्डे, उदयपुर त्रियुगा नगरपालिका-१० घर भएका २० वर्षीय निराजन घिमिरे र ललिपुर, ललितपुर महानगरपालिका-२२ बुङ्गती घर भएकी २७ वर्षीया अन्जना मालाकार रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका-२६ नर्सिङचोक ठमेलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन ६ ग्राम, डिजिटल तराजु र नगद ३५ हजार रुपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पाँचथर फिदिम नगरपालिका-५ घर भएका २८ वर्षीय सुरेन्द्र गुरूङ र पाँचथर मिक्लाजुङ गाउँपालिका-४ घर भएका २८ वर्षीय पाल्देन तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । मकवानपुर, भिमफेदी गाउँपालिकाबाट दोलखा वैदेश्वर गाउँपालिका-१ घर भई काठमाडौं बौद्ध बस्ने पासाङ लामालाई नियन्त्रित लागूऔषध फेनारगन ५० एम्पुल, डाइजोल्याब ५० एम्पुल र नोर्फिन ५० एम्पुल सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भिमफेदीबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ५५२३ नम्बरको सुमो जाँच गर्ने क्रममा सुमोमा सवार लामालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहा प्रहरीले लागुऔ ...

ओम प्रकाश यादव लहान, जेष्ठ ४ । सिरहा जिल्लामा लागुऔषध कारोबार र अवैध रकमको ओसारपसारमा संलग्न पाँच जन ...

जसपा पर्सामा ठूलो झट ...

वीरगंज ४ जेष्ठ। जनता समाजवादी पार्टी (जसपा), पर्सामा नेतृत्व तहका दुई महत्वपूर्ण व्यक्तित्वले एकैसाथ ...

पत्रकारको नाममा भइरह ...

ओम प्रकाश यादव लहान, जेठ ४ ।  नेपाल पत्रकार महासंघ सिरहा शाखाले पत्रकारको नाममा बढ्दै ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१