Siraha Times
ताजा समाचार

कुपोषण र रक्तअल्पता जाँच गर्न स्वास्थयकर्मीहरु घरदैलो अभियानमा सक्रिय

  • भदौ ५, २०७६
  • ११८३ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा  लहान ५ ,भदौ सप्तरीको बोदेबरसाईन नगरपालिका वडा नं. २ नेङ्गडामा कुपोषित बच्चा र किशोरी गर्भवत्ती महिलाहरुमा रक्तअल्पत्ता पत्ता लगाउन माईक्रोस्कोपिक क्याम्प शिविर सम्पन्न भएको छ । सम्पन्न शिविरमा ३ सय ३७ जना बच्चामा गरीएको कुपोषण परिक्षणमा १८ जना अशक्त कुपोशित (शाम) र ७९ वालवालिका कुपोषित (माम) भेटिएको नगरपालिकाका स्वास्थ्य संयोजक बैधनाथ प्रसाद साहले जानकारी दिनुभएको छ । संयोजक साहका अनुसार ३१ जना गर्भबत्ती महिलामा गरिएको स्वास्थ्य जाँचमा १० जना रक्त अल्पत्ता भटीएकोछ भने २ सय ६३ जना किशोरीमा गरिएको स्वास्थ्य जाँचमा ३० जनामा रक्तअल्पत्ता भेटीएको उनले बताए । १० वटा वडा रहेको सो नगरपालिकामा यस अघि नै वडा नं. ३ र १ मा सो शिविर सम्पन्न भै सकेको छ । यसैगरी वडा नं. ५ को भाटिन र बोदेबरसाईन टोलमा समेत शिविर सम्पन्न भैसकेको आयोजक श्रोतबाट जानकारी प्रप्त भएकोछ । बाँकी वडाहरुमा भदै १७ गते देखि पुनः शिविर संचालन हुने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत घनश्याम यादवले जानकारी दिनुभयो । शिविरमा पोसिलो खाना , स्वास्थ्य पोषण शिक्षा, वाल भिट्टा लगायत विभिन्न किसिमको औषधीहरु निशुल्क रुपमा वितरण समेत गरिरहेको नगरपालिकाका स्वास्थ्य सह –संयोजक अजय कुमार नेपालले बताउनुभयो । ९ वटा स्वास्थ्य चौकि रहेको नगरपालिकामा सबै स्वस्थ्य चौकिका स्वास्थ्यकर्मीहरु घरदैलो कार्यक्रममा जोरतोरका साथ खटिरहेको भने नगरका कुनैपनी बालबालिका कुपोषण हुन नदिनका साथै गर्भबत्ती महिला र किशोरीहरुलाई रक्तअल्पत्ताबाट जोगाउनका लागी नगरपालिकाले सक्रिय रुपमा अभियानको थालनी गरेको नगर प्रमुख आत्तेस कुमार सिंह यादवले बताए । received_867211433664588

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१