Siraha Times
ताजा समाचार

छुवाछुत मुक्त घोषणाको २१ वर्ष ः मधेसी दलितको पिडा

  • जेठ २१, २०८३
  • ४८२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नेपालमा जातिय छुवाछुत मुक्त घोषण भएको २१ औ वर्ष भइसको छ । नेपालमा राजतन्त्र समाप्ती पश्चात संघिय लोकतान्त्रिक व्यवस्थामा जनता वा नागरिक समान हो भन्ने मूल्य मान्यताको आधारमा २०६३ साल जेष्ठ २१ गते छुवाछुतमुक्त राष्ट घोषणा नेपालको संसदद्धारा घोषणा गरिएको हो । नेपाली समाजमा व्याप्त असमानता र विभेदले जकडिएको समाजमा समानताको र सम्मानका लागि गरिएको घोषणा पूर्णरुपमा कार्यान्वयनका लागि २१ वर्षवितिसक्दा समेत जातिय विभेद र छुवाछुतले झनग्रसित भएको हुदै गईरहको छ । समाजमा अमानवीय तरिकाले जिवन विताईरहेको दलित समुदायको छुवाछुत घोषणाले हर्ष हुने दिन हो भनेर खुसि साटा गर्नुपर्नेमा कागलाई वेल पाएको उखान जस्तै बनेको छ जातिय विभेद तथा छुवाछुत मुतm दिवस । २१ वर्ष वितिसक्दापनि छुवाछुत मुक्त दिवसको तालमेल र व्यवहारमा मिल्नसकेको छैनन् ।

घोषणामा मात्र सिमीत रहेकोले यसको कार्यान्वयनमा फितलो भएको देखीन्छ र समाजमा विभेदले ग्रसीत रहेकोले जातिय मानसिकताबाट माथि उठन सकेको छैनन् । मधेसमा छुवाछुत तथा विभेदको हव र केन्द्र बनेका मधेस प्रदेशमा मन मष्तिस्कले नमानेपनि हामी दलितले समुदायले मनथाती राखेरपनि छुवाछुत मुक्त दिवस बनाउदै छौ । नेपालमा छुवाछुत उन्मूलनका लागि धेरै तालिम, गोष्ठि, सेमीनार नभएको होइनन् तथा छुवाछुतको मानसिकताले ग्रसित समुदायमा हटन सकेको छैन । मधेसमा गैरदलित समुदायको प्रेम विवाहको प्रलोभन देखाई विहेगरेपनि समाजीकरुपमा स्विकार नगरेपछि सप्तरीका सरस्वती पासमान ले आत्महत्या तथा कैयौ हाम्र दलित चेलिवेटी सडमा न्याँयको लागि चहार्दै छन ।

मधेसमा गैरदलित समुदायको छोराले दलित समुदायको छोरीलाई विवाहको नामम अलपत्र छन भने गैरदलित समुदायको छोरीलाई दलित समुदायको छोराले ले विवाह गरेको वा प्रेम विवाह गरैका कारण दलित पक्षका अभिभावकलाई समेत अपहरण, धाक धम्कि, र पुलिस प्रशासन मार्फत मानसीक पिडा र शारिरीक पिडा भोग्न बाध्य रहको छ । पहाडी दलित समुदाय पनि छुवाछुतबाट मुक्त हुनसकेको छैनन् । २०७७ जेष्ठ १० गते रुकुम पश्क्षिम चौरजहारी ८ मा गाँउलेको कुटाईबाट भरी न.पा. ४ का नवराज विश्वर्कमा सहित ६ जनालाई अन्तरजातिय विवाह गरेकै कारणले मृत्यू भएको हो । मधेस प्रदेश लगायत देशभरीका दलित समुदायले छुवाछुत दीवसलाई अधिकार दिवसको रुपमा उल्लासपूर्वक मनाउने गर्दछन ।

भरखरै उल्लाषको साथ देशैभरी गणतन्त्र दिवस मनाएका छन यसलाई पनि दलित समुदायले आफनो मुक्ति र अधिकार तथा संघर्ष बाट उपलव्धि मनाएका छन । माओवादी जनयुद्धमा अग्रपंतिmमा रहेर ज्यानको पर्वाह नै नगरीकन जनयुद्धमा होमिएका दलित समुदायले आफुले भोगिरहेको विविध पिडा, शोषण,दमन, बहिष्करण जस्ता अन्यायपूर्ण राज्य व्यवस्थाको विरुछ र सम्मान सहीतका जिवन आउनो सन्ततीको सम्मान सहतिको जिवन बाँच्ने सपनाबोकेर गणतन्त्रको लागि शहातद हुनबाट समेत पछि परेनन् ।

मधेस आन्दोलन र मधेस विद्रोह तथा अग्रगमन लोकतान्त्रिक व्यवस्थाको लागि सदैव आन्दोलनमा अग्रणि मोर्चामा रही दलित समुदाय राष्ट्र र देशको हितमा लडीरहको ईतिहास छ । नेपालमा राणा विरुद्धको आन्दोलन, निर्दलीय व्यवस्था, प्रजातन्त्र र लोकतन्त्रको लागि ज्यानको परवाहनै नगरि लडिरहे व्यवस्था पविर्तनमा लागि र व्यवास्था परिवर्तन भएपनि दलित समुदायको अव्स्थामा परिवर्तन आएनन् । व्यवस्था परिवर्तना भएपनि राज्य सत्ता र शक्तिको वलमा सृजित गरिएको जातिय विभेद, छुवाछुत, बहिष्करण, बलात्कार, हत्या, न्याँमा पहँच नहुनु र दलित समुदायमाथि सदैव हथियारको रुपमा प्रयोग गर्दै आईरहेको छ । तर उच्च वर्गको बचाउमा राज्यका संयन्त्रहरुले संरक्षण गर्ने गरिदै आएको हो ।

राज्यको संयन्त्र र सक्ता र शक्तिमा पुग्नका लागि हथियारको रुपमा सवभन्दा प्यारो तथा सजिलो भरयाडको रुपमा दतिल समुदायलाई प्रयोग गर्दै आएको र प्यारोसमेत लाग्ने गरेको छ । मधेस प्रदेशमा न्याँय, समानता र मानवअधिकार लागि दलित शसक्तिकरण ऐन मार्फत दलित विकास समिति मधेस प्रदेह गठन सातवटै प्रदेश भन्दा पहिला ऐन ल्याएर समिती गठन गरेर वाहिवाही कमाएका मधेस प्रदेश नै पहिलो नम्बरमा हो । दलित शसक्तिकरण ऐनले मधेस प्रदेशमा दलित समुदायमाथि भईरहेको जातिय विभेद छुवाछुत तथा मानवअधिकार हननका घटनामा तदारुकताको साथ न्यायमा पहुँच अभिवृद्धि सगँ सगै जातिय र भेदभाव अन्त्यको र न्याँयमा पहँच हुन्छ भन्ने मूल उद्देश्य रही गठन गरिएको दलित विकास समितीको माथि दलित समुदायको अधिकारको उपलब्धिको रुपमा हेरीएपनि कार्यान्वय पक्ष फितलो ले गर्दा दलित समुदायको चिन्ताका् विषय बनेको छ ।

दलित शसक्तिकरण ऐन कार्यान्यनको अवस्था ः देशभरिको प्रदेशमा दलित आन्दोलनको उपलब्धि मधेस प्रदेशमा प्रारम्भएको हर्ष थियो तर समितिको पदाधिकारी कोे काम गर्ने क्षमता र नेतृत्वको सही तालमेल राम्रो नहुदा दलित शसक्तिकरण ऐन लागु नै गर्न सकेको छैनन् । मधेस प्रदेश प्रदेशको दलित शसक्तिकरण ऐनले मधेस प्रदेशको १३६ वटै पालिकामा पालिका प्रमुखको अध्यक्षतामा जातिय छुवाछुत अनुमन समिती गठन गर्नुपर्ने व्यवस्था भएपनि पालिकामा अधिकासं ठाउँमा समिति गठन गरेको छैनन । स्थानिय सरकारको निती तथा कार्यक्रम र बजेटमा पर्दैन दलित समुदायको उत्थान, विकास, शिक्षा, स्वास्थ्य र रोजगारको मुद्धालाई नै नितीमा ल्याउन चाहदैनन् नगरप्रमुखहरु बाटै ।

स्थानिय सरकार भनेको स्थानिय पालिकाको कार्यपालिका मा दलित सदस्य रहेपनी उसलाई कार्यपालिका द्धारा गरिएको निर्णयमा हस्ताक्षरभन्दा बढी कुनै अधिकार नै हुदैनन् र दलित कार्यपालिका सदस्यले मुखदर्शक बहुमत पुरयाउने भन्दा केही काम हुदैनन पालिकाद्धारा गरिने निती तथा कार्यक्रम र बजेट सम्बन्धि केही थाहा नैहुदैन कतिपय ठाउँमा सोझै घरमा गएर हस्ताक्षर गराउने गर्दछन । मधेसी दलितको पिडा ः नेपाल सरकारको प्रधानमन्त्री कार्यालयको मुख्यसचिवको संयोजकत्वमा जातिय छुवाछुत र भेदभावसम्बन्धि संयन्त्र निर्माण गरेको थियो तर गठनमै सिमीत रहयो कार्यान्वयन भएन । त्यसतै प्रत्येक जिल्लामा जिल्ला प्रहरी कार्यालय अन्तरगत दलित सेलको गठन गर्ने प्रावधान रहेपनि सकृय, प्रभावकारी र विस्तार हुनसकेन । सरकारी संयन्त्रहरु सकृय हुननसकेपछि जसका कारण जातिय विभेद तथा छुवाछुतको अन्त्य हुन सकेन ।

राज्यको संयन्त्रमा सकृय , प्रभावकारी नहुनु दलित समुदयाप्रति जिम्मेवारी नहुनुले दिनप्रति दिन दलित समुदायहरु अन्याय पर्ने गरिन्छ । दलित समुदायमाथि हिंसाहुुदापनि उसको मुद्धा दर्तानै हुदैन मुद्धा दर्ताभएपनि अनुसन्धानमा उच्च जातिको प्रभाव रहन्छ र दलित समुदाय न्याँय पाउँदैनन् र न्याँय प्रकृयामै उल्झिन्छ र ठगिन्छ । दलित समुदायको शैक्षिक र आर्थिक पक्ष एकदमै कमजोर रहेकोले पनि न्याँय पाउन सकिरहेको हुदैन । दलित समुदायम माथि हुने दर्जनै घटनामा नेता र प्रहरी प्रशासनको दलित विरोधि भुमीकाले गर्दा न्याँय पाउन सकेन ।

मधेस प्रदेशका धनुषाका शम्भु सदा, सप्तरीका पूजाकमारी राम , सिरहा नवराजपुर की आनन्दी देवी सदा , सिरहा नवराजपुरकी रिंकु सदाय, सप्तरीका मलरा सदाय, सुकदेव खंग(मंडल), ज्योति पासमान र त्रिभुवन राम , सिरहाका रोसन राम, सावीत्री कुमारी महर र श्यामलाल महरा, धनुषाका रुपेस सदाय, राजु सदा, विगुल पासमान, अमेरीका कुमारी दास, रुपन्देहीका अंगिरा पासी, माधव मुसहर, जानकी मुसहर र पोषराज मुसहर, मोरंगका राजदेव ऋषिदेव, उर्मिला ऋषिदेव, र रुपम कुमारी दास महोत्तरीका अमृता सदा, रौतहटका निरन्जन राम, विजय राम र मित्रा देवी बैठा जस्ता सयौ घटनाहरुमा न्याय नपाएकोले यसबाट पुष्टि हुन्छ ।

जातिय छुवाछुतको घटनाको मुद्धा दर्ता नै हुदैनन दर्ता गर्न आलटाल गर्ने , दर्ता गर्नका लागि राजनितिक, कथित उचच जातिय ,समाजिक , वर्गीय शक्तिको दबाव आउने, दर्ता भईहालेपनि राजनैतिक दवाबका कारण अनिर्णयको बन्दि हुने गर्द छ राजनितीक प्रभाव र आर्थिक प्रभावमा परि मुद्धा कमजोर बनाउनु प्रमाण नष्ट गरिदिनु र पिडकलाई उन्मुक्ति पाउने गर्दछ । मधेसमा आफनो पार्टीका कार्यकर्तालाई बचाउन अनेकौ हत्कण्डा अपनाउने गर्छन तर पिडितको पक्षमा वकालतको कुरा त परै जान्छ पिडितलाई सामसुम पारेर गाउँ घरमै अनैको प्रलोभन , धाकधम्की र कुरा नमाने नाकाबन्दी समेत गरेर पिडकपक्षमा वकालत गर्छन ।

राजनितीक दलको घोषणा पत्रमा मिठा मिठा सपना र आशा हेराएर सत्ता र शक्तिमा पुग्ने र सक्ता र शक्तिमा पुरयाउने समुदायमाथि नै अन्याँय गर्ने राजनितिक दलहरुको झूठो आश्वासन बाँडने खेती भईसकेको छ । विविधताले भरिएको यस समाजमा समानता, सामाजिक न्याय र मानव अधिकारलाई राज्य व्यवस्थाको मूल आधार मानिएको छ । नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई समानता, सम्मान, अवसर र सुरक्षा प्रदान गर्ने संवैधानिक प्रत्याभूति दिएको छ । विशेषगरी संविधानको धारा १८ ले समानताको अधिकार, धारा २४ ले छुवाछूत तथा जातीय विभेद विरुद्धको अधिकार र धारा ४० ले दलित समुदायको विशेष अधिकार सुनिश्चित गरेको छ ।

साथै जातीय भेदभाव तथा छुवाछूत ९कसुर र सजाय० ऐन, २०६८ ले जातीय विभेदलाई दण्डनीय अपराधको रूपमा परिभाषित गरेको छ । यद्यपि कानुनी तथा संवैधानिक व्यवस्था भए तापनि व्यवहारमा दलित समुदाय अझै पनि बहुआयामिक विभेद, सामाजिक बहिष्करण, आर्थिक असमानता र राजनीतिक उपेक्षाको चपेटामा छ । विशेषगरी मधेश प्रदेशका मधेशी दलित समुदायहरू ऐतिहासिक रूपमा संरचनागत रूपमा पछाडि पारिएका समूह हुन्, जसले अझै पनि सम्मानजनक जीवन, समान अवसर र सामाजिक न्याय प्राप्त गर्न संघर्ष गरिरहेका छन् । मधेश प्रदेशका आठ जिल्लामा बसोबास गर्ने १८ प्रतिशत करिब १३ लाख मधेशी दलित समुदाय डोम, चमाररराम, मुसहर, पासवान, तत्मा, खत्वे, धोबी, हलखोर लगायतका जातीय समूहमा विभाजित छन् । उनीहरूको जीवनशैली मुख्यतः भूमिहीनता, श्रम शोषण, न्यून ज्याला र परम्परागत पेशामा निर्भर छ । राज्यका नीति तथा कार्यक्रमहरू भए पनि ती समुदायसम्म प्रभावकारी रूपमा पुग्न सकेका छैनन् ्।

संविधानमा दलित सम्बन्धि कानुनी व्यवस्था ः नेपालमा दलित समुदायको अधिकार संरक्षणका लागि बलियो कानुनी तथा नीतिगत संरचना रहेको छ, जसले समानता, सामाजिक न्याय र विभेदरहित समाज निर्माणको आधार प्रदान गर्दछ। नेपालको संविधान २०७२ ले दलित समुदायको अधिकारलाई स्पष्ट रूपमा मान्यता दिएको छ । विशेषगरी धारा १८ ले सबै नागरिकलाई समानताको अधिकार सुनिश्चित गरेको छ, जसअनुसार जात, धर्म, लिङ्ग वा सामाजिक अवस्थाका आधारमा कुनै पनि प्रकारको विभेद गर्न पाइँदैन । धारा २४ ले छुवाछूत तथा जातीय विभेदलाई पूर्ण रूपमा निषेध गर्दै यसलाई दण्डनीय अपराधको रूपमा स्थापित गरेको छ । त्यस्तै, धारा ४० ले दलित समुदायका लागि विशेष अधिकारहरूको व्यवस्था गर्दै शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक सुरक्षामा विशेष अवसर प्रदान गर्ने राज्यको दायित्व स्पष्ट गरेको छ ।

यद्यपि यी संवैधानिक प्रावधानहरू व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन नसक्दा दलित समुदायले अपेक्षित लाभ प्राप्त गर्न सकेका छैनन् । दलित समुदायको अगामी कार्यभार ः २०७२ सालको संविधानमा समाजवादी नेपालको परिकल्पना गरिएको हो । समाजवादी व्यवस्थामा जाने सवैपक्षले स्वीकार्य गरीसवको छ । समाजवादी व्यवस्थामा छुवाछुक्त मुक्त राष्ट निर्माणमा अवरोध श्रृजना हुनेभएको ले छुवाछछुक्त मुक्त समाज निमाणर््ा गर्नु पर्ने छ अन्यथा समाजबादको सपना संविधानको पानामा मात्र सिमित हुनेछ । छुवाछुत मुक्त विना गाउँ, नगर, जिल्ला, प्रदेश र संघ सम्बृद्ध र सुखी नेपाली हुनसकिदैनन् । छुवाछुतको समस्या दलितको मात्रै होइन यो सम्पूर्ण नेपालीको समस्या हो सुखी नेपाली र समृद्ध नेपालको बाधकको रुपम लिन जरुरी छ । अव राज्यले दलित मुखी, पिडीतमुखी, निश्पक्ष न्याय प्रशासनको पुनःसंरचना हुन पनि आवश्यकता छ ।

नेपालमा जेन्जी आन्दोलन पश्चात सम्पन्न गरिएको निर्वाचन मार्फत रास्वपा पार्टी को नेतृत्वमा बहुमतको सरकार गठन भएको छ । रास्वपा पार्टीको प्रत्यक्ष र समानुपातिक सिटमा मधेसी दलित समुदायबाट एकजनापनी सांसद भएको छैनन । मधेसी दलित समुदायको प्रतिनिधित्व नहुनु दुखद हो । वर्तमान सरकारद्धारा घोषणा गरिएको दलित समुदाय सँग छमायाचन गरेको सस्तो लोकप्रियता कैलागि हो बुझन सकिन्छ । बहुमतको सरकारले संविधान संशोधन गर्ने चर्चा चलिरहेको समयमा मधेसी दलित समुदायले चनाखो भएर आफनो मुद्धा लाई संवैधानी हक अधिकारको रुपमा स्थापीत गराउन चुकनूभएन त्यसकालागि दलित समुदाय सचेत, संगठित र संघर्ष गर्नुपर्ने अति आवश्यक देखीन्छ ।

राज्य, राजनीतिक दल, स्थानीय सरकार, नागरिक समाज, सञ्चार माध्यम तथा समुदाय सबै सरोकारवालाहरूबीच समन्वित र दीर्घकालीन प्रयास अपरिहार्य देखिन्छ । नीतिगत सुधारसँगै कार्यान्वयन पक्षलाई मजबुत बनाउनु, जवाफदेहिता सुनिश्चित गर्नु र सामाजिक चेतना अभिवृद्धि गर्नु समान रूपमा आवश्यक छ। जातीय विभेद र छुवाछूतको अन्त्य केवल कानुनी प्रावधानको विषय मात्र नभई सामाजिक सोच, व्यवहार र संरचनात्मक प्रणालीको रूपान्तरणसँग सम्बन्धित गहिरो सामाजिक अभियान हो। त्यसैले सबै तहका सरोकारवालाहरूले साझा प्रतिबद्धता, सहकार्य र निरन्तर प्रयासमार्फत मात्र समतामूलक समाज निर्माण गर्न सकिन्छ ।

अन्ततः, जातीय विभेदमुक्त समाज निर्माणको लक्ष्य प्राप्त गर्न सम्मान, समानता र न्यायलाई व्यवहारमा रूपान्तरण गर्नु अनिवार्य छ। मधेशी दलित समुदायको सम्मानजनक जीवन, समान अवसर र सुरक्षित भविष्य सुनिश्चित गर्न राज्यको दृढ राजनीतिक इच्छाशक्ति, प्रभावकारी कानुन कार्यान्वयन र सामाजिक रूपान्तरणमुखी अभियान आवश्यक छ । यही सामूहिक प्रयासले मात्र समावेशी, न्यायपूर्ण र समानतामूलक समाजको परिकल्पना साकार पार्न सकिन्छ । लेखक ः दलित विकास मञ्च गोलबजार सिरहाका कार्यकारी निर्देशक छन ।

प्रतिक्रिया दिनुहोस

भगवानपुरमा ३० महिलाल ...

रहमुल, लहान, २१ जेठ । सिरहाको भगवानपुर गाउँपालिका ले महिला सशक्तीकरण तथा स्वरोजगार प्रवर्द्धनलाई प्र ...

प्रलोभनको जालमा गाउँ ...

रहमुल लहान, २१ जेठ । सिरहा जिल्लाको धनगढीमाई नगरपालिका अन्तर्गत विष्णुपुरकट्टी गाउँमा एक महिलाले स्थ ...

लक्ष्मीपुर पतारीमा न ...

लहान , जेठ २० । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–१ मा पशुपालन व्यवसायलाई थप व्यवस्थित, उत्प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१