ताजा समाचार

भारततर्फ तस्करी गर्न लागिएको रु १९ लाख ६० हजार बराबरको फर्सीको बिउ बरामद

  • जेठ १९, २०८३
  • ७०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, जेठ १९ । सिरहाको बरियारपट्टी गाउँपालिका–२ मा प्रहरीले भारततर्फ अवैध रूपमा निकासी गर्न लागिएको ठूलो परिमाणको फर्सीको बिउ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मिति २०८३ जेठ १८ गते साँझ करिब ५ बजे नेपालबाट भारततर्फ अवैध रूपमा फर्सीको बिउ निकासी गर्नका लागि लुकाइछिपाइ राखिएको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरी टोलीले बरियारपट्टी गाउँपालिका–२ निवासी हरिदेव दासको घरमा कानुनी प्रक्रिया पूरा गरी खानतलासी गर्दा घरको प्यासेजमा लुकाइछिपाइ राखिएको अवस्थामा फर्सीको बिउ ७० बोरा फेला पारी बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार बरामद गरिएको फर्सीको बिउको मूल्य प्रतिवोरा रु २८ हजारका दरले कुल रु १९ लाख ६० हजार बराबर रहेको अनुमान गरिएको छ। उक्त बिउ भारततर्फ अवैध रूपमा निकासी गर्ने उद्देश्यले भण्डारण गरेर राखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

बरामद गरिएको सामान आवश्यक कानुनी कारबाहीका लागि मिति २०८३ जेठ १९ गते भन्सार कार्यालय माडर, सिरहामा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ। सीमावर्ती क्षेत्रमा अवैध निकासी तथा तस्करी नियन्त्रणका लागि प्रहरीद्वारा निगरानी तथा चेकजाँचलाई थप प्रभावकारी बनाइएको जनाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

रसुवा बाढीपहिरोमा ज् ...

ओम प्रकाश यादव लहान कार्तिक ३ । रसुवामा आएको बाढीपहिरोमा आफन्त गुमाएर शोकमा डुबेका परिवारको पीडामा स ...

धार्मिक सद्भावको उदा ...

रामअधार यादव, रौतहट, कार्तिक  ३ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचोकमा सञ्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤