Siraha Times
ताजा समाचार

तोडफोड र पूर्वाधार अभावले महदेवा पोर्ताहा विद्यालय संकटमा, प्रधानाध्यापकले मागे सुरक्षा र सहयोग

  • जेठ १९, २०८३
  • ६२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान, १९ जेठ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ स्थित माध्यमिक विद्यालय महदेवा पोर्ताहा मा पछिल्लो एक महिनादेखि अज्ञात व्यक्तिहरूद्वारा भइरहेको तोडफोडका घटनाले विद्यालय प्रशासन चिन्तित बनेको छ। विद्यालयका प्रधानाध्यापकले रातिको समयमा विद्यालय परिसरमा प्रवेश गरी झ्याल–ढोका, नवनिर्मित पर्खाल (वाल) तथा निर्माणाधीन संरचनामा प्रयोग गरिएका रडहरू समेत तोडफोड गर्ने कार्य भइरहेको गुनासो गरेका छन्।

प्रधानाध्यापकका अनुसार विद्यालयको भौतिक पूर्वाधार सुधार तथा स्तरउन्नतिको काम भइरहेका बेला यस्ता गतिविधिले विकास निर्माण कार्य प्रभावित हुनुका साथै विद्यालयको शैक्षिक वातावरणमा समेत नकारात्मक असर परेको छ। विद्यालय परिसरमा भएका तोडफोडका कारण आर्थिक क्षति मात्र नभई निर्माण कार्यको गुणस्तर र समयतालिकामा समेत असर परेको बताइएको छ।

उनले विद्यालयमा सुरक्षा व्यवस्थाको अभाव रहेको उल्लेख गर्दै सम्बन्धित निकाय, स्थानीय सरकार तथा सुरक्षा निकायको ध्यानाकर्षण गराएका छन्। “विगत एक महिनादेखि लगातार तोडफोडका घटना भइरहेका छन्। विद्यालयको विकासका लागि विभिन्न काम गरिरहेका छौं, तर यस्ता गतिविधिले हामीलाई थप चुनौती थपेको छ,” प्रधानाध्यापकले भने।

विद्यालयमा भौतिक संरचनाको अभावसँगै पठनपाठनमा समेत समस्या देखिएको छ। कक्षाकोठामा पंखा नहुँदा अत्यधिक गर्मीका कारण विद्यार्थी र शिक्षकहरूलाई अध्यापन तथा अध्ययनमा कठिनाइ भइरहेको विद्यालय प्रशासनको भनाइ छ। गर्मीयाममा कक्षाकोठाभित्रको तापक्रम बढ्दा शिक्षण सिकाइ प्रक्रिया प्रभावकारी बनाउन चुनौती थपिएको बताइएको छ।

हाल विद्यालयको स्तरउन्नतिका लागि खेल मैदानमा माटो पुर्ने, बाउन्ड्री वाल निर्माण गर्ने तथा थप कक्षाकोठा निर्माण गर्ने लगायतका काम तीव्र रूपमा अघि बढिरहेका छन्। तर निरन्तर तोडफोड र आवश्यक पूर्वाधारको अभावका कारण विद्यालय प्रशासन दबाब र तनावमा रहेको प्रधानाध्यापकले बताएका छन्।

स्थानीय अभिभावक तथा सरोकारवालाहरूले विद्यालयको सुरक्षा व्यवस्था सुदृढ गर्न, दोषी व्यक्तिहरूको पहिचान गरी कारबाही गर्न तथा पठनपाठनलाई सहज बनाउन आवश्यक सामग्री व्यवस्थापन गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। उनीहरूले विद्यालयको समग्र विकास र शैक्षिक गुणस्तर सुधारका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन्।

विद्यालय प्रशासनले पनि शान्त, सुरक्षित र व्यवस्थित शैक्षिक वातावरण कायम गर्न स्थानीय समुदाय, जनप्रतिनिधि तथा सुरक्षा निकायसँग समन्वय गरेर आवश्यक कदम चाल्नुपर्ने आवश्यकता औंल्याएको छ।

प्रतिक्रिया दिनुहोस

कर्जन्हामा ब्राउन सु ...

ओम प्रकाश यादव लहान साउन ३। सिरहाको कर्जन्हा नगरपालिका–११ स्थित नयाँ टोल, आइस फ्याक्ट्री क्षेत ...

६४औँ इन्जिनियर्स डेम ...

वीरगंज ३ साउन। ६४औँ इन्जिनियर्स डेको अवसरमा नेपाल इन्जिनियर्स एशोसिएसन (NEA) वीरगञ्ज केन्द्रको आयोजन ...

कल्याणपुरमा ७ वर्षीय ...

ओम प्रकाश यादव लहान साउन ३ । सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हामा ७ वर्षीय बालकको मृत्यु प् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१