Siraha Times
ताजा समाचार

बैंकिङ्ग कसूर मुद्दाका फरार प्रतिवादी उपेन्द्र प्रसाद साह पक्राउ

  • जेठ ५, २०८३
  • ७७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान ५ जेठ । सिरहा प्रहरीले बैंकिङ्ग कसूरसम्बन्धी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका वडा नं. ०६ लामा टोल निवासी अन्दाजी ५० वर्षीय उपेन्द्र प्रसाद साह रहेका छन्।

प्रहरीका अनुसार मिति २०८२ जेठ ०४ गते साँझ करिब ६ः४० बजे इलाका प्रहरी कार्यालय गोलबजार बाट खटिएको प्रहरी टोलीले उनलाई निजकै घरबाट पक्राउ गरेको हो। सम्मानित सिरहा जिल्ला अदालतबाट मिति २०८२ वैशाख २३ गते बैंकिङ्ग कसूर चालु मुद्दामा पक्राउ पूर्जी जारी भएपछि उनी फरार रहेका थिए।

प्रहरीले विशेष सूचनाका आधारमा खोजतलास गर्दै जाँदा साहलाई पक्राउ गर्न सफल भएको जनाएको छ। पक्राउपछि उनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउनका लागि जिल्ला प्रहरी कार्यालय सिरहा ल्याइएको प्रहरीले जानकारी दिएको छ।

बैंकिङ्ग कसूरसम्बन्धी मुद्दामा पछिल्लो समय प्रहरीले फरार प्रतिवादीहरूलाई खोजी गरी कानुनी दायरामा ल्याउने अभियानलाई तीव्र बनाएको जनाएको छ। यसैक्रममा अदालतबाट पक्राउ पूर्जी जारी भएका व्यक्तिहरूमाथि निगरानी बढाइएको प्रहरी स्रोतले जनाएको छ। प्रहरीले कानूनविपरीत आर्थिक तथा बैंकिङ्ग कारोबारमा संलग्न व्यक्तिहरूमाथि कडा निगरानी राखिएको बताउँदै यस्ता गतिविधिमा संलग्न नहुन सर्वसाधारणलाई आग्रह समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१