ताजा समाचार

‘पत्रकारिताको नाममा गैरव्यवसायिक हर्कत’ : महासंघद्वारा पक्राउको माग

  • जेठ १, २०८३
  • १३६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान जेष्ठ ०१ । नेपाल पत्रकार महासंघ सिरहा शाखाले आफूलाई पत्रकार बताउने मनोज मानव भनिने मनोज कुमार महतोले पछिल्लो समय सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत पत्रकार, प्रहरी, जनप्रतिनिधि तथा विभिन्न व्यक्तिहरूमाथि एकपक्षीय, भ्रामक र चरित्रहत्या गर्ने उद्देश्यले सामग्री प्रकाशन तथा प्रसारण गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ। 

महासंघ शाखाका अध्यक्ष मनोज बनैता यादव र सचिव मुकेश कुमार यादवद्वारा जारी प्रेस विज्ञप्तिमा मनोज मानवले पत्रकारिताको आधारभूत मूल्य–मान्यता, आचारसंहिता तथा पेशागत मर्यादालाई बेवास्ता गर्दै Video तथा Reels मार्फत नियोजित ढंगले व्यक्तिको सामाजिक प्रतिष्ठा र पेशागत जीवनमाथि आघात पुर्‍याउने काम गरिरहेको उल्लेख गरिएको छ। 

विज्ञप्तिमा महासंघका पूर्व अध्यक्ष देवकुमार यादवमाथि लगाइएको यौन शोषणसम्बन्धी आरोपको सन्दर्भ उल्लेख गर्दै, यदि कसैले कानुन विपरीत काम गरेको भए कानुनी प्रक्रियामार्फत कारबाही हुनुपर्ने बताइएको छ। तर पत्रकारिताको नाममा एकपक्षीय सामग्री तयार पारेर भ्रम सिर्जना गर्ने, व्यक्तिको निजी जीवन र पारिवारिक सम्बन्धमाथि असर पर्ने गरी सामग्री सार्वजनिक गर्नु पत्रकारिता नभएको महासंघको ठहर छ।

महासंघले पछिल्लो समय मनोज मानवले फेसबुक पेज “Staronline” तथा “Manoj Manav” मार्फत प्रसारण गरेका सामग्रीहरू तथ्यगत पुष्टि तथा सन्तुलनबिनाका रहेको आरोप लगाएको छ। प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार प्रेस काउन्सिल नेपाल ले समेत मिति २०८३/०१/३१ मा गरेको निर्णयमार्फत Staronlinetv.com लाई अवज्ञाकारी/कालोसूचीमा राखी सूचीकरणबाट हटाउन तथा प्रेस पास निलम्बनका लागि सिफारिस गरेको जनाएको छ। 

महासंघले मनोज मानवका गतिविधिले जिल्लाको समग्र सामाजिक तथा सञ्चार क्षेत्र त्रसित र आतंकित बनेको दाबी गर्दै, पत्रकारिताको आवरणमा गरिएको गैरव्यवसायिक हर्कतविरुद्ध अब कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ। साथै तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग जोडदार माग समेत गरिएको छ।

प्रतिक्रिया दिनुहोस

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

रसुवा बाढीपहिरोमा ज् ...

ओम प्रकाश यादव लहान कार्तिक ३ । रसुवामा आएको बाढीपहिरोमा आफन्त गुमाएर शोकमा डुबेका परिवारको पीडामा स ...

धार्मिक सद्भावको उदा ...

रामअधार यादव, रौतहट, कार्तिक  ३ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचोकमा सञ्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤