Siraha Times
ताजा समाचार

आर्सनलको इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित

  • भदौ १, २०७६
  • १०६० पटक पढिएको
  • श्रीकान्त झा
alt

भदौ १ । आर्सनलले इङ्लिस प्रिमियर लिग फुटबलमा लगातार दोस्रो जित हात पारेको छ। लिगअन्तर्गत शनिबार साँझ भएको खेलमा आर्सनलले बर्नलीलाई २-१ गोलले हरायो । घरेलु मैदानमा भएको खेलमा आर्सनललाई जिताउन अलेकसान्ड्रे लाकाजेट्टी र पिर्रे इमेरिक अउबामियाङले गोल गरे। बर्नलीका आस्ले बर्नेसले गोल गरेका थिए। लाकाजेट्टीले १३औं मिनेटमा सुरुआती गोल गरेका थिए। त्यसपछि बर्नलीका बर्नेसले ४३औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। आर्सनलले दोस्रो हाफमा निर्णायक गोल गरेको थियो। पिर्रेले ६०औं मिनेटमा गरेको गोल आर्सनलका लागि पर्याप्त बन्यो। लिगमा लगातार दोस्रो जितसँगै आर्सनलले ६ अंक बनाएको छ। आर्सनलले लिगको पहिलो खेलमा न्युक्यासल युनाइटेडलाई हराएको थियो। लिगका पहिलो हार खेपेको बर्नलीको तीन अंक छ।

प्रतिक्रिया दिनुहोस

लहान–२० मा ‘घर–घरको ...

ओम प्रकाश यादव लहान, भदौ १६ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता ...

राउ प्रादेशिक अस्पता ...

लहान भदौ १६  । सिरहाको लहानस्थित राउ प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति अभाव हुँदा उपचारका लागि ...

७/८ वर्षकै उमेरमा बु ...

रहमुल, लहान, १६ भदौ लहान नगरपालिका–१५ का करिब ७/८ वर्षीय सुमित सदायले सानै उमेरमा बुबाआमा दुवै ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१