Siraha Times
ताजा समाचार

जनताको आवाज केन्द्रमा: सखुवानन्कारकट्टीमा इमान्दार सेवा प्रवाहका लागि कडा प्रतिबद्धता

  • चैत २३, २०८२
  • २५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, सिरहा २३ चैत्र । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा प्रमुख प्रशासकीय अधिकृत तथा कार्यालय प्रमुख इन्जिनियर राजीब झाको अध्यक्षतामा सम्पन्न स्टाफ बैठकले स्थानीय सेवा प्रवाहलाई नयाँ दिशा दिने संकेत गरेको छ। बैठकमा जनताको अपेक्षा र आवश्यकता अनुरूप सेवा दिन कर्मचारीहरूलाई स्पष्ट मार्गदर्शन दिइएको थियो।

बैठकमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत झाले “जनबोलीको कदर गर्दै जनचाहनाअनुसार काम गर्नु नै हाम्रो मूल जिम्मेवारी हो” भन्दै अबको कार्यशैली परिणाममुखी, पारदर्शी र जनमैत्री हुनुपर्नेमा जोड दिए। उनले कर्मचारीहरूलाई इमान्दार, अनुशासित र उत्तरदायी भएर काम गर्न आग्रह गर्दै जनताको विश्वास जित्नु नै सबैभन्दा ठूलो उपलब्धि हुने बताए। उनले सेवा प्रवाहमा कुनै पनि प्रकारको ढिलासुस्ती, लापरवाही वा गैरजिम्मेवारीपन सह्य नहुने स्पष्ट पार्दै कार्यसम्पादनमा सुधार ल्याउन सबैलाई सजग रहन निर्देशन दिए।

साथै, हरेक कर्मचारीले आफ्नो जिम्मेवारीलाई कर्तव्यको रूपमा ग्रहण गर्दै परिणाम दिने काम गर्नुपर्ने उल्लेख गरे। बैठकमा गाउँपालिकाको हालसम्मको कार्यप्रगति, विद्यमान चुनौतीहरू र सुधारका सम्भावित उपायहरू माथि गहन समीक्षा गरिएको थियो। नागरिकमैत्री सेवा, सुशासन प्रवर्द्धन तथा कर्मचारीबीच समन्वय र सहकार्य बढाउने विषयमा समेत व्यापक छलफल भएको जनाइएको छ।

बैठकमा सहभागी कर्मचारीहरूले यस्तो स्पष्ट निर्देशन र प्रतिबद्धताले कार्यशैलीमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्। स्थानीय तहमा पारदर्शिता, उत्तरदायित्व र जनमुखी सेवा प्रवाह सुनिश्चित गर्न यो बैठक महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस

मलखाद वितरणमा पक्षपा ...

ओम प्रकाश यादव लहान, असार ३१ । खेतीपातीको मुख्य सिजनमा आवश्यक रासायनिक मलखाद नपाएको भन्दै सिरहाको भग ...

डीएपी मलको चरम अभावः ...

रहमुल राइन लहान, ३१ असार । देशभर धान रोपाइँ अन्तिम चरणमा पुगिसक्दा किसानका लागि अत्यावश्यक डीएपी मलक ...

रितेश शर्मामाथिको कु ...

कपिलवस्तु, असार २९। प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले आफ्नो फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१