Siraha Times
ताजा समाचार

प्रदेश–२ को नाम मिथिला प्रदेश हुनुपर्ने : यादव

  • भदौ १, २०७६
  • ९६२ पटक पढिएको
  • shreekant jha
alt

भादौ । प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता राम सरोज यादवले प्रदेश–२ को नाम मिथिला प्रदेश हुनुपर्ने बताएका छन्। मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको यो सरकारले प्रदेशको नामाकरण गर्न नचाहेको यादवले आरोप लगाए। जनकपुरमा शनिबार आयोजित मिथिला नाट्यकला परिषदको ४० औं साधारण सभामा बोल्दै नेता यादवले राउत नेतृत्वको यो सरकार २ नम्बर प्रदेशको अस्तित्व समाप्त पार्ने खेलमा लागेको आरोप लगाए। यादवले भने, ‘मैले पटक पटक मुख्य मन्त्रीलाई नामकरण र राजधानीबारे गम्भीर बन्न आग्रह गरे। तर, आफूले अहिलेसम्म यसको कुनै जवाफ पाएको छैन।’ यो क्षेत्र र सीमा मिथिला बाहुल्य रहेकाले आफू र आफ्नो पार्टीले बारम्बार यस प्रदेशको नामकरण मिथिला वा मिथिला भोजपुरा हुनुपर्ने सदनमा समेत कयौं पटक बोलिसकेको बताए। एक मधेश प्रदेशको मुद्दा छोडेको मधेशवादी दलप्रति आक्रोश व्यक्त गर्दै यादवले भने, ‘मधेशलाई २२ जिल्लासम्म सीमांकन गरेको मधेशवादी दल आज किन आठ जिल्लामा मधेशलाई सीमित गर्न खोजेको ? भन्दै प्रदेशसभाका सदस्य समेत रहेका यादवले प्रदेश–२ सरकारसँग प्रश्न गरेका छन।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१