Siraha Times
ताजा समाचार

​​कमला कञ्चनपुर सडक विस्तार अलपत्र: ६ वर्ष पुग्न लाग्दा पनि काम अधुरै, तेस्रो थपिएको म्याद पनि सकिँदै

  • चैत १९, २०८२
  • २६३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद अविरल,​चैत १९, सिराहा । ​पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको कमला–कञ्चनपुर सडकखण्ड विस्तार कार्य पछिल्लो समय निकै सुस्त र अन्यौलपूर्ण बनेको छ । सन् २०२० देखि निर्माण सुरु गरिएको यो आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि हाल ६ वर्ष पुग्न लाग्दा समेत कामले पूर्णता पाउन सकेको छैन ।

​ ​चिनियाँ निर्माण कम्पनीले यसअघि दुई पटक म्याद थप गराइसकेको छ । अहिले तेस्रो पटक थपिएको समयसीमा पनि आगामी जुन महिनामा सकिँदैछ । तर, कार्यस्थलको सुस्त गतिलाई हेर्दा यो अवधिमा पनि सडक निर्माण सम्पन्न हुने छाँटकाँट देखिएको छैन । ​ ​यस आयोजनाको बारेमा सबैभन्दा रोचक र विवादास्पद पक्ष यसको भुक्तानी ​कुल बजेट करिब १५ अर्ब रुपैयाँ मध्ये ​ कम्पनीले हालसम्म करिब १३ अर्ब रुपैयाँ भुक्तानी लिइसकेको छ । ​ ​

कुल बजेटको ठूलो हिस्सा (करिब ८६ प्रतिशत) भुक्तानी भइसक्दा पनि सडकको भौतिक अवस्था भने अझै दयनीय छ । ​ ​सडक निर्माण अलपत्र पर्दा स्थानीय बासिन्दा र यात्रुहरूले निकै सास्ती खेप्नुपरेको छ । धुलो, हिलो र सडकमा छोडिएका खाडलका कारण सवारी दुर्घटनाको जोखिम समेत उच्च रहेको छ । सडक विस्तारको नाममा खनिएका संरचनाहरू समयमै व्यवस्थापन नहुँदा आवतजावतमा घण्टौँको अवरोध हुने गरेको छ ।

​"तीन वर्षको काम ६ वर्ष पुग्न लाग्दा पनि सकिएको छैन । पैसा भने लगभग सकिन लाग्यो, तर सडक भने उस्तै छ," स्थानीय एक यात्रुले आक्रोश व्यक्त गरे। ​अब के होला ? ​आगामी जुनमा म्याद सकिएपछि सरकारले पुनः म्याद थप्छ वा निर्माण कम्पनीलाई कारबाहीको दायरामा ल्याउँछ भन्ने विषय चासोको केन्द्रमा छ । चिनियाँ कम्पनीको कार्यशैली र आयोजनाको फितलो अनुगमनका कारण यो महत्त्वपूर्ण राष्ट्रिय गौरवको आयोजनाले थप समय लिने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस

मलखाद वितरणमा पक्षपा ...

ओम प्रकाश यादव लहान, असार ३१ । खेतीपातीको मुख्य सिजनमा आवश्यक रासायनिक मलखाद नपाएको भन्दै सिरहाको भग ...

डीएपी मलको चरम अभावः ...

रहमुल राइन लहान, ३१ असार । देशभर धान रोपाइँ अन्तिम चरणमा पुगिसक्दा किसानका लागि अत्यावश्यक डीएपी मलक ...

रितेश शर्मामाथिको कु ...

कपिलवस्तु, असार २९। प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले आफ्नो फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्व ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१