Siraha Times
ताजा समाचार

सिराहा: भोलिदेखि सञ्चालन हुने एसईई परीक्षालाई मर्यादित बनाउन निषेधित सामग्रीमा बन्देज मोबाइल चिट्ट पाइए परीक्षा रद्द

  • चैत १८, २०८२
  • ३७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान — चैत, १८ गते । भोलि विहीवारबाट सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा एसईईलाई व्यवस्थित, अनुशासित तथा मर्यादित बनाउन सरोकारवाला निकायहरूले कडाइका साथ नियम लागू गर्न थालेका छन्। सिराहामा माध्यमिक शिक्षा परीक्षा समन्वय समितिको निर्देशन तथा आम सरोकारवालाहरूलाई पटक–पटक गरिएको आह्वानअनुसार परीक्षा केन्द्रहरूमा निषेधित सामग्री प्रयोग नगर्न सार्वजनिक सूचना जारी गरिएको हो।

भोलि मिति २०८२/१२/१९ देखि सञ्चालन हुने ( एसईई ) परीक्षालाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन सबैको साझा दायित्व रहेको उल्लेख गर्दै सूचनामा राष्ट्रिय परीक्षा बोर्डबाट निषेध गरिएका सामग्री कुनै पनि परीक्षार्थीले ल्याउन वा प्रयोग गर्न नपाइने स्पष्ट पारिएको छ। सूचनाअनुसार परीक्षा हलभित्र मोबाइल, स्मार्ट घडी, चिट, गाइड, वैज्ञानिक क्याल्कुलेटर, किताब, सहायक पुस्तिका लगायतका सामग्री पूर्ण रूपमा निषेध गरिएको छ।

यस्ता सामग्री बोकेको वा प्रयोग गरेको पाइएमा सम्बन्धित परीक्षार्थीको सो दिनको परीक्षा रद्द गरिन सक्ने तथा आवश्यक परे सम्पूर्ण परीक्षा समेत बदर गर्न सकिने चेतावनी दिइएको छ। यसैगरी, परीक्षा केन्द्रमा खटिएका निरीक्षकहरूले पनि नियम उल्लंघन गरेको पाइएमा उनीहरूविरुद्ध कानुन बमोजिम कारबाही गरिने जनाइएको छ। अभिभावकहरूले समेत परीक्षा स्थल वरपर अनावश्यक भीडभाड नगर्न र शान्त वातावरण कायम गर्न सहयोग गर्नुपर्ने सूचनामा उल्लेख छ। यदि अभिभावक वा अन्य व्यक्तिले परीक्षा प्रक्रियामा अवरोध सिर्जना गरेमा तत्काल प्रहरी प्रशासनमार्फत कारबाही गरिने बताइएको छ।

सूचनामा थप भनिएको छ कि परीक्षार्थीसँग भेटिएको मोबाइल जफत गरिने मात्र होइन, आवश्यक परे फुटाएर माटोमुनी गाडिने कडा कदमसमेत चालिनेछ। यसले परीक्षा प्रणालीमा कुनै किसिमको अनियमितता सह्य नहुने सन्देश दिएको छ। अन्य कुनै प्रकारका परीक्षा सम्बन्धी अपराध भएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिँदै सबै सरोकारवालालाई नियमको पूर्ण पालना गर्न आग्रह गरिएको छ। उक्त सूचना बुधबार जनता माध्यमिक विद्यालय, बेतहा भवानीपुर, सिराहाका केन्द्राध्यक्ष रामविलास यादवद्वारा जारी गरिएको हो।

परीक्षा मर्यादित र विश्वसनीय बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको भन्दै समितिले सबैलाई जिम्मेवार बन्न अनुरोध गरेको छ। यता, जिल्ला प्रहरी, जिल्ला प्रशासन, शिक्षा विकास तथा समन्वय इकाइ सिराहाको पहलमा प्र.अ. हरुको संयुक्त बैठकले सरोकारवाला सबैको निर्णय अनुसार यस वर्षको एसईई परीक्षालाई मर्यादित बनाउनमा तटस्थ रहेको देखिन्छ । भोलि विहीबार अंग्रेजी विषयको परिक्षा हुदै छ भने पर्सि शुक्रबार अनिवार्य नेपाली विषय परीक्षा हुनेछ ।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१