Siraha Times
ताजा समाचार

सिरहा–सप्तरीका ४८ समुदायमा जलवायु उत्थानशील कृषि अभियान तीव्र

  • चैत १५, २०८२
  • ४६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान १५ चैत्र । राष्ट्रिय कृषक समुह महासंघले सिरहा र सप्तरी जिल्लाका ४८ वटा समुदायमा जलवायु उत्थानशील तथा पर्यावरणमैत्री कृषि अभ्यासलाई अभियानकै रूपमा अघि बढाएको जनाएको छ। बदलिँदो जलवायुका चुनौती बीच दिगो उत्पादन र खाद्य सुरक्षालाई सुनिश्चित गर्ने उद्देश्यले सुरु गरिएको यस अभियानले ग्रामीण क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन थालेको देखिएको छ।

विशेषगरी महिला किसानहरूको सक्रिय सहभागिताले कृषि क्षेत्रमा रुपान्तरणको स्पष्ट संकेत देखिएको छ। “खेत र पेट” अर्थात् माटो र खानाको सुधार गर्ने संकल्पका साथ महिलाहरूले स्थानीय स्रोत–साधनको सदुपयोग गर्दै जैविक तथा वातावरणमैत्री खेतीतर्फ आकर्षण बढाइरहेका छन्। यसले उत्पादनमा मात्र होइन, पोषण र स्वास्थ्यमा समेत सुधार ल्याउने अपेक्षा गरिएको छ। अभियानअन्तर्गत कृषक पाठशाला सिकाइ विधि प्रभावकारी रूपमा सञ्चालन गरिएको छ, जहाँ किसानहरूले व्यावहारिक ज्ञान आदानप्रदान गर्दै नयाँ प्रविधि र अभ्यास सिकिरहेका छन्।

साथै, स्वयंसेवी प्रसार प्रणाली मार्फत स्थानीय तहसम्म ज्ञान र सीप विस्तार गरिएको छ। स्थानीय सरकारसँगको सहकार्यमा कृषि प्रणाली सुधारका लागि समेत संगठित पहल भइरहेको महासंघले जनाएको छ। यस अभियानले किसान, समुदाय र स्थानीय तहबीच सहकार्य र एक्यबद्धताको सशक्त उदाहरण प्रस्तुत गरेको छ। अभियानलाई सफल बनाउन सहयोग पुर्‍याएको भन्दै महासंघले केएर नेपाल की देशीय निर्देशक मोना शेर्पा प्रति विशेष आभार व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१