Siraha Times
ताजा समाचार

सिरहाको गोलबजारबाट ११ ग्रामभन्दा बढी खैरो हिरोइनसहित दुई जना पक्राउ

  • चैत १०, २०८२
  • ५४७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, चैत १० । सिरहाको गोलबजार नगरपालिकामा लागुऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले ११ ग्रामभन्दा बढी खैरो हिरोइन जस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला सिरहा गोलबजार नगरपालिका वडा नं. ०४ निपाने टोलस्थित पूर्व–पश्चिम लोकमार्ग सडक छेउमा लागुऔषध बिक्री–वितरण भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजार सिरहा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले मंगलबार कारबाही गरेको हो।

प्रहरीले सोही स्थानस्थित मन्दिर नजिकबाट गोलबजार नगरपालिका वडा नं. ०५ बस्ने २५ वर्षीय अनिल चौधरीलाई नियन्त्रणमा लिएको थियो। उनको शरीर तलासी गर्दा उनले लगाएको कालो ज्याकेटको अगाडिको बायाँ माथिल्लो गोजीबाट गुलाबी प्लाष्टिकमा प्याक गरिएको २० वटा पोका खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको थियो। प्लाष्टिक बाहेक तौल गर्दा उक्त पदार्थ १ ग्राम रहेको प्रहरीले जनाएको छ।

प्रारम्भिक सोधपुछका क्रममा चौधरीले उक्त लागुऔषध सोही स्थानका ३३ वर्षीय बलिराम महतोले बिक्रीका लागि दिएको बताएका थिए। सोही सूचनाका आधारमा प्रहरीले लहान नगरपालिका वडा नं. ०१ भाइरल बाबा टोलस्थित महतोको ससुराली घरमा दिउँसो करिब ३:२० बजे खानतलासी गरेको थियो।

खानतलासीका क्रममा घरभित्र दराजमाथि लुकाइ राखिएको कालो प्लाष्टिकको पोका भित्रबाट गुलाबी प्लाष्टिकमा प्याक गरिएको १६३ वटा पोका खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद गरिएको छ। प्लाष्टिक बाहेक तौल गर्दा उक्त पदार्थ १०.२५० ग्राम रहेको प्रहरीले जनाएको छ।

यसका साथै महतोको साथबाट नेपाली नगद रु. २०,३१०, ओप्पो कम्पनीको मोबाइल १ थान, चुरोट ५ थान, लाईटर २ थान र ब्लेडका टुक्रा २ थान समेत बरामद गरिएको छ। प्रहरीले दुबै जनाबाट जम्मा ११ ग्राम २५० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ बरामद गरी नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। यस सम्बन्धमा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालले घटनाबारे पुष्टि गर्दै थप अनुसन्धान जारी रहेको बताए।

प्रतिक्रिया दिनुहोस

रितेश शर्मामाथिको कु ...

कपिलवस्तु, असार २९। प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले आफ्नो फेसबुकमार्फत प्रेस विज्ञप्ति सार्व ...

मोतिपुरमा ‘घर–घरको श ...

सिराहा, लहान। ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत लहान नगरपालिका–२०, मोत ...

बलान बिहुल गाउँपालिक ...

ओम प्रकाश यादव लहान, असार २६। सप्तरीको बलान बिहुल गाउँपालिकामा स्थानीय तहबाट सञ्चालन हुने विकास आयोज ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१