Siraha Times
ताजा समाचार

विमानस्थलमा कार्यरत प्रहरी कर्मचारी स्मार्ट प्रहरीको रुपमा प्रस्तुत हुनुपर्ने : प्रहरी महानिरीक्षक फोटो सहित

  • साउन ३१, २०७६
  • ६२५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

काठमाडौं, ३० साउन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत प्रहरी कर्मचारीहरूले यात्रुहरुसँग अझै सभ्य, शिष्ट र यात्रुमैत्री व्यवहार गरी स्मार्ट प्रहरीको रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरको बिहीबार आकस्मिक निरीक्षणको क्रममा प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो । उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले प्रहरी कर्मचारीहरुले व्यक्तिगत एवम् पेशागत आचरण र व्यवहारमा थप सुधार गरी आफ्नो जिम्मेवारीलाई लगनशील, निष्पक्ष र निस्वार्थ भई बहन गर्न निर्देशन दिनुभयो । सो क्रममा प्रहरी महानिरीक्षक खनालले विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु खटिएकै ठाउँमा पुगेर उनीहरुले गरिरहेका यात्रु सुरक्षा जाँच, लगेज स्क्रिनिङ लगायतका हवाई सुरक्षासँग सम्बन्धित प्रहरीले गरिरहेका काम कारबाही अवलोकन गर्नुभयो । साथै कार्यालयमा प्रयोग भइरहेका सुरक्षा उपकरण र साधन स्रोतबारे उहाँले जानकारी समेत लिनुभयो ।

साथै प्रहरी महानिरीक्षक खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक राजकुमार क्षेत्रीसँग भेटघाट गरी विमानस्थलमा सुरक्षालाई अझ प्रभावकारी बनाउनका लागि सुधार गर्नुपर्ने पक्षका बारेमा छलफल समेत गर्नुभयो । उक्त अवसरमा अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरका प्रमुख प्रहरी नायव महानिरीक्षक सुर्यप्रसाद उपाध्याय र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्री समेतको उपस्थिति रहेको थियो ।

Image may contain: 5 people, screen, office and indoor

Image may contain: 5 people, hat

Image may contain: 2 people, people standing, hat, tree, beard and outdoor

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१