दाेहामा नेपालीमाथि आक्रमण, एक जनाकाे ज्यान गयाे, ५ घाइते

  • साउन ३०, २०७६
  • १३३५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

साउन २९ । मंगलवार साँझ कतारको राजधानी दोहामा रहेको जैदा पार्कमा भएको सां*घातिक आक्रमणमा परि एक जना नेपालीको ज्यान गएको छ । साथै आक्रमणमा परि ५ जना नेपाली नागरिक घा*इते भएको दोहामा रहेको नेपाली राजदूतावासले जनाएको छ ।आक्रमणमा परि सुनसरी घर भएका तबरेज अन्सारीको ज्या*न गएको राजदूतावासले जनाएको छ । अन्सारीको शव घटनाको आवश्यक अनुसन्धान तथा का*नुनी प्रक्रियाका लागि हमाद अस्पतालको शव गृहमा रहेको राज दूतावासले जानकारी दिएको छ । नेपाली नागरिकमाथि किन र कसले आक्रमण गर्यो भन्ने कुरा दूतावासले केही जानकारी दिएको छैन ।त्यस्तै आक्रमणमा परि घाइते भएका मध्ये गम्भीर अवस्थामा रहेका उमर अन्सारीको हमाद अस्पतालकै आ*ईसीयूमै उपचार भैरहेको र इब्राहिम अन्सारी र नौसाद अन्सारी खतरामुक्त अ*वस्थामा उपचाररत रहेको दूतावासले जनाएको छ ।त्यस्तै घटनामा घाइते भई प्रहरीको नियन्त्रणमा रहेका अकबर मिया र महसुद अन्सारी नेपाली राजदूतावासको टोलीको पहलमा रिहा हुनु भएको छ । घाइतेहरु सबै सुनसरीका बासिन्दा रहेको समेत दूतावासको विज्ञप्तिमा उल्लेख छ । मृतक र घाइतेहरुको विस्तृत विवरण परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित परिवारलाई उपलब्ध गराइने दूतावासले जनाएको छ । त्यस घ*टनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएर स्थानीय का*नुनबमोजिम का*रबाही प्रक्रिया अगाडि बढाएको छ ।यस प्रकारका घटनालाई मध्यनजर गर्दै दूतावासले अनावश्यक भि*डभाड हुने ठाउँमा नजान कतारमा रहेका नेपाली नागरिकलाई आ*ग्रह गरेको छ । त्यस्ता ठाउँमा जानै पर्ने भएमा स*तर्कता अपनाउनसमेत दूतावासले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

उज्यालो नेपाल पार्टी ...

ओम प्रकाश यादव लहान, २१ माघ। उज्यालो नेपाल पार्टीका केन्द्रिय अध्यक्ष कुलमान घिसिङ २२ माघ बिहीवार दि ...

सप्तरी –३ मा राप्रपा ...

उमेश कुमार साह सप्तरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सप्तरी जिल्ला अध्यक्ष तथा सप्तरी निर् ...

लक्ष्मीपुर पतारीमा ज ...

रहमुल,लहान १८ माघ । सिरहाको निर्वाचन क्षेत्र नं. १ अन्तर्गत लक्ष्मीपुर पतारी गाउँपालिकामा जनता समाजव ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१