कपिलवस्तु फागुन १२ । नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अभिषेक प्रताप शाहलाई जिताउन पार्टी पंक्ति पूर्ण रूपमा एकजुट भएको छ । केन्द्रीय नेतादेखि जिल्ला र क्षेत्रीय तहसम्मका नेता–कार्यकर्ताहरू अहिले चुनावी अभियानमा सक्रिय रूपमा होमिएका छन् ।
पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रुपा विकले लोकतन्त्रको सुदृढीकरण र क्षेत्रको समग्र विकासका लागि शाहलाई विजयी गराउन आवश्यक रहेको बताइन् । “कपिलवस्तु–३ को विकास, शिक्षा, स्वास्थ्य र पूर्वाधार विस्तारका लागि सक्षम र सक्रिय नेतृत्व चाहिन्छ, त्यो क्षमता अभिषेक शाहमा छ,” उनले भनिन् । नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सभापति अब्दुल कलामले पार्टीभित्र कुनै प्रकारको अन्तरविरोध नरहेको दाबी गर्दै सबै कार्यकर्ता चुनाव केन्द्रित भएको बताए ।
“यो निर्वाचन केवल उम्मेदवारको जित–हारको विषय होइन, यो लोकतान्त्रिक मूल्य र विकासको दिशाको निर्णय हो,” उनले भने । जिल्ला उपसभापति हुमकान्त खनालले क्षेत्र नं. ३ मा कांग्रेसको मजबुत संगठन र जनसमर्थन रहेको उल्लेख गर्दै शाहको जित सुनिश्चित रहेको दाबी गरे । जिल्ला सचिव प्रेम बहादुर रायमाझीले गाउँ–गाउँमा घरदैलो कार्यक्रम तीव्र पारिएको जानकारी दिए ।
क्षेत्रीय सभापति ब्रम्हानन्द उपाध्यायले कांग्रेसको एजेण्डा जनताको पक्षमा केन्द्रित रहेको बताउँदै भने, “हामी विकास, सुशासन र पारदर्शिताको पक्षमा छौं । शाहलाई जिताउनु भनेको स्थिर र जिम्मेवार नेतृत्व चयन गर्नु हो ।” कांग्रेस नेता रजत प्रताप शाहले युवापुस्ताको आकांक्षा सम्बोधन गर्न शाह सक्षम उम्मेदवार भएको बताए । अर्का क्षेत्रीय सभापति गोविन्द केसीले पार्टी एकताबद्ध भएर निर्वाचनमा होमिएको उल्लेख गरे ।
नेता मुक्तेश्वर मिश्रले कांग्रेस नेतृत्वमा मात्रै समावेशी र दिगो विकास सम्भव रहेको बताए भने रफिक मुसलमानले अल्पसंख्यक र पिछडिएको समुदायको आवाज संसदमा पु¥याउन शाह उपयुक्त रहेको धारणा राखे । त्यसैगरी बिनय गिरी, केशब पाण्डे, विनोद नेपालले कांग्रेसको जित क्षेत्रको समृद्धिसँग जोडिएको बताए । युवा नेता राकेश रायमाझीले युवालाई रोजगारी, सीप र अवसर सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेता अमर पौडेलले विकासका अधुरा योजना पूरा गर्न शाहको जित अपरिहार्य रहेको बताए । नेत्री शुशिला बेल्बासेले महिला सशक्तीकरण र सामाजिक न्यायका लागि कांग्रेसको जित आवश्यक रहेको उल्लेख गरिन् । यस्तै, नेत्री ज्योती मगरले पनि लोकतन्त्र र विकासको पक्षमा शाहलाई समर्थन रहेको बताइन् । कांग्रेस नेताहरूले चुनावी अभियानलाई थप सशक्त बनाउँदै घरदैलो, कोणसभा र भेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन् । पार्टी पंक्तिको दाबी छ—एकताबद्ध कांग्रेस र जनताको साथले कपिलवस्तु क्षेत्र नं. ३ मा अभिषेक प्रताप शाहको जित सुनिश्चित छ ।
प्रतिक्रिया दिनुहोस
सरकारी अस्पतालमा एन्टी स्नेक र एन्टी रेबिज खोप अभावः बिरामी निजी खर्चमा उपचार गर्न बाध्य, स्वास्थ्य सेवामाथि प्रश्न
मोतिपुरमा ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सरसफाइ तथा शौचालय निर्माणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic