Siraha Times
ताजा समाचार

सिरहामा लागुऔषधसहित दुई जना पक्राउ

  • फागुन ११, २०८२
  • ४५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, फागुन ११ । सिरहाको भगवानपुर गाउँपालिका–३ स्थित भित्री सडक खण्डबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। फागुन १० गते राति करिब ०८:३० बजे प्रहरी चौकी ठाडी सिरहा र सिमा सुरक्षा गुल्म हे.क्वा. इनर्वा सिरहाबाट संयुक्त रूपमा खटिएको गस्ती टोलीले सवारी चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश २–०२–००५ प. ३३०६ नम्बरको स्कुटर शंकास्पद देखिएपछि जाँच गरेको थियो।

जाँचका क्रममा स्कुटर चालक जिल्ला सिरहा लहान नगरपालिका–७ गणेश चौक बस्ने अन्दाजी ३३ वर्षीय लक्ष्मी साह र पछाडि सवार लहान नगरपालिका–१ बस्ने अन्दाजी २८ वर्षीय चन्दन चौधरीको साथबाट विभिन्न किसिमका लागुऔषध फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चालक लक्ष्मी साहको साथबाट डाइजापाम इन्जेक्सन (२ एमएल) २० एम्पुल, बुप्रेनोर्फिन इन्जेक्सन (२ एमएल) २० एम्पुल, नाइट्राजेपाम ट्याब्लेट (१० एमजी) १६ पिस, प्रोमेथाजिन हाइड्रोक्लोराइड इन्जेक्सन (२ एमएल) १९ एम्पुल, मोनोसेफ ५०० मिलिग्राम १ वटा, सिरिन्ज (५ एमएल) २ वटा, डिस्पोक्यान ६० पिस तथा स्टेराइल वाटर (५ एमएल) १ वटा बरामद गरिएको छ।

बरामद लागुऔषध र स्कुटरसहित दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लहान, सिरहामा ल्याइएको छ। मिति २०८२ फागुन ११ गते सिरहा जिल्ला अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी रमेश बहादुर पालका अनुसार घटनाको थप अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१