Siraha Times
ताजा समाचार

कांग्रेसका नेता–कार्यकर्ता जसपा नेपालतर्फ, सिरहा–१ मा चुनावी सरगर्मी बढ्यो

  • फागुन १०, २०८२
  • ४९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, सिरहा १० फाल्गुन । आगामी निर्वाचन नजिकिँदै जाँदा सिरहा निर्वाचन क्षेत्र नं. १ मा राजनीतिक समीकरण फेरबदल हुन थालेको छ। सखुवानन्कारकटी गाउँपालिका–१ कटैयामा नेपाली कांग्रेस परित्याग गरी केही नेता–कार्यकर्ताहरू जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) मा सामूहिक रूपमा प्रवेश गरेका छन्।

जसपा नेपालका उम्मेदवार सत्यनारायण यादवको समर्थनमा भएको उक्त प्रवेश कार्यक्रम प्रमोद कुमार साहको नेतृत्वमा सम्पन्न भएको हो। पार्टी प्रवेश गर्नेहरूमा प्रमोद कुमार साह, अर्जुन साह, बिरेन साह, सुरेन्द्र साह, रामानन्द साह, श्याम साह र रामचन्द्र साह रहेका छन्। नवप्रवेशीहरूलाई स्थानीय तहका जसपा नेताहरूले स्वागत गरेका थिए। गाउँपालिका एकाइ अध्यक्ष नागेन्द्र यादवले उम्मेदवार सत्यनारायण यादवको विकासमुखी दृष्टिकोण र पार्टीको स्पष्ट नीति–एजेन्डाबाट प्रभावित भएर उनीहरू जसपामा आवद्ध भएको बताएका छन्।

नवप्रवेशीहरूले आगामी निर्वाचनमा सक्रिय रूपमा चुनावी अभियानमा सहभागी भई सत्यनारायण यादवलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। सिरहा–१ मा पछिल्ला दिनहरूमा दलहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। यस सामूहिक प्रवेशले स्थानीय राजनीतिक माहोललाई थप गतिशील बनाएको विश्लेषकहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

सरकारी अस्पतालमा एन् ...

रहमुल, लहान, ३१ असार मधेश प्रदेशअन्तर्गतका सरकारी तथा प्रादेशिक अस्पतालहरूमा लामो समयदेखि एन्टी स्ने ...

मलखाद वितरणमा पक्षपा ...

ओम प्रकाश यादव लहान, असार ३१ । खेतीपातीको मुख्य सिजनमा आवश्यक रासायनिक मलखाद नपाएको भन्दै सिरहाको भग ...

डीएपी मलको चरम अभावः ...

रहमुल राइन लहान, ३१ असार । देशभर धान रोपाइँ अन्तिम चरणमा पुगिसक्दा किसानका लागि अत्यावश्यक डीएपी मलक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१