Siraha Times
ताजा समाचार

प्रहरी प्रधान र मधेश प्रहरी कार्यालयको ध्यान पथलैयाका ईन्चार्ज थपलिया र घुमुवा मण्डल माथि नपर्दा संगठन नै बदनाम हुदै

  • फागुन १०, २०८२
  • ५०१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया,वीरगंज १० फागुन । केही हप्ता पहिला मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र प्रहरी प्रधान कार्यालय काठमाडौंले देशभरीका विभिन्न जिल्लाहरुमा सादा पोसाक (घुमुवा)को रुपमा कार्यरत्त प्रहरी कर्मचारीहरुलाई मधेश प्रदेश कार्यालय र प्रहरी प्रधान कार्यालयमा तानेको थियो ।

तर हालसम्म पनि बारा जिल्लाको प्रहरी चौकी पथलैयामा घुमुवाको रुपमा अवैध असुली गरिरहेका प्रहरी सहायक हवलदार रतनेश मण्डल माथि प्रहरीको माथिल्लो निकायको ध्यान नपुग्दा उनी “दिन दु गुना रात चौगुना” अवैध असुली कार्यलाई तीब्रता दिईरहेको समाचार प्राप्त भएको छ । प्रहरी सहायक हवलदार मण्डल यस भन्दा अगाडि पनि पथलैयामा घुमुवा रहेको बेला बसबाट चाँदी पक्राउ पर्दा कार्यालयमा नबुझाई आफै लुकाई राखेको सूचना जिल्ला प्रहरी कार्यालय बारालाई जानकारी भएपछि मण्डल सहित प्रहरी हवलदार मुमताज अंसारीलाई कारवाही स्वरुप जिल्ला तानेको प्रहरी स्रोतको भनाई रहेको छ ।

सोही सहायक हवलदार मण्डललाई पुनः प्रहरी चौकी पथलैयामा घुमुवाको रुपमा खटाईदा प्रहरी संगठन भित्रै चर्चाको विषय बनेको छ । प्रहरी चौकी पथलैयाका ईन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक रुपेश थपलियाको विश्वास पात्रको रुपमा रहेका सहायक हवलदार मण्डलले ट्रान्सपोर्टका गाडी, कपडा व्यपारी, बटर व्यपारी, दुध पाउडर र चिनीका व्यापारीहरु सँग अवैध रकम असुली गरिरहेको समाचार स्रोतले जनाएको छ ।

प्रहरी संगठनको माथिल्लो निकायबाट घुमुवाहरुलाई हटाउने अभियान चलाए पनि बरिष्ठ सई थपलियाले “मेरो माथि सम्म पहुँच छ, तिमी आफ्नो काम निर्धक्क भएर गर, केही भए भने म त्यसको जवाफ दिन्छु” भन्दै बदनाम घुमुवा मण्डललाई संगठनको आचरण विपरित कार्य गर्न भरपुर सहयोग गरिरहेको प्रहरी स्रोतको भनाई रहेको छ । भारतबाट पर्सा, बारा, रौतहट र धनुषा जिल्लाको विभिन्न नाकाहरु भएर अवैध रुपमा तस्करीको माध्यमबाट ल्याईएका सामग्रीहरु अन्य जिल्लाहरुमा लैजान मुख्य बाटो पथलैया पर्दछ ।

अवैध रुपमा बाहिर जान लागेको सामग्रीहरुलाई पक्राउ गरी कानुनी कारवाही गर्नु पर्नेमा बरिष्ठ सई थपलिया र बदनाम घुमुवा मण्डलले व्यपारीहरु सँग बार्गेनिङ्ग गरी मासिक रुपमा नजराना बुझने गरेको स्रोतले जनाएको छ । वीरगंज, कलैया, रौतहट र जनकपुरबाट खुल्ने रात्री बस तथा ट्रान्सपोर्टका गाडीहरुबाट बरिष्ठ सई थपलिया आफै र आफ्ना घुमुवा प्रहरी सहायक हवलदार मण्डल मार्फत मासिक रुपमा प्रति ट्रान्सपोर्टबाट १० हजार देखि २० हजार सम्म, त्यसैगरी वीरगंजका व्यपारीहरु बटरको काम गर्ने अरमान सँग १० हजार, कपडा व्यपारी सदाम सँग १० हजार र केदार सँग १५ हजार, रौतहटबाट सुर्तीको काम गर्ने निलेश सँग १२ हजार, कपडा व्यपारी मन्तोष सँग १५ हजार, धिरज सँग १५ हजार, जनकपुरबाट बटरको काम गर्ने चौधरी सँग १५ हजार, दुध पाउडरको काम गर्ने अजय सँग १० हजार लगायत अन्य अवैध कारोबारीहरु सँग मासिक ५ देखि ७ लाख सम्म असुली गरिरहेको समाचार स्रोतले जनाएको छ ।

ई व्यपारीहरुको सामान सो बाटो भएर जाँदा बाटोमा प्रहरीहरु चेकजाँच गर्दा “थपलिया र मण्डल सर सँग ठिक छ, कुरा फाईनल भईसकेको छ” भने पछि चेकजाँच गर्ने प्रहरीहरुले पनि सहजै छोडने गरेको एक व्यापारीले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए । प्रहरी संगठनको माथिल्लो निकायको विशेष ध्यान अहिले प्रतिनिधिसभाको चुनाव तिर रहे पनि प्रहरी चौकी पथलैयाका ईन्चार्ज थपलिया र बदनाम घुमुवा मण्डलको ध्यान अवैध असुली तिर रहेकोले यसतर्फ प्रहरी संगठनको माथिल्लो निकायको ध्यान पुग्न आवश्यक रहेको स्थानियहरुको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस

गोलबजारमा नगरस्तरीय ...

ओम प्रकाश यादव लहान, जेठ १५ । सिरहाको गोलबजार नगरपालिकामा नगरस्तरीय बालिका सम्मेलन कार्यक्रम भव्य रू ...

सिरहामा दलित संस्थाल ...

संजय महरा सिरहा जेष्ठ १५ । दलित विकास मन्च गोलबजार, सिरहाले विश्व महिनावारी दिवसको अवसर यस सँस्थाद्ध ...

संरक्षणसँगै समृद्धि ...

रहमुल, लहान, १५ जेठ । सिरहाको लहान नगरपालिका–१५ स्थित हातीदह क्षेत्रसँग जोडिएको कोइरालोखोला नम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१