Siraha Times सिरहा नं.१

बालिका अपहरण गरी १ करोड नगद र ५ किलो सुनको फिरौती माग्ने इम्तियाज पक्राउ

  • फागुन ९, २०८२
  • ४२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान फागुन ९ । चुनावको माहौल तातेको छ। सुरक्षा संयन्त्र चुनाव लक्षित शान्ति–सुरक्षा व्यवस्थापनमा व्यस्त छ। तर यही संवेदनशील समयमा अपराधी समूह सक्रिय हुन थालेको संकेत दिने एउटा सनसनीपूर्ण घटना सप्तरीमा सार्वजनिक भएको छ। खड्क नगरपालिका क्षेत्रमा सात वर्षीया बालिकाको अपहरण गरेर करोडौंको फिरौती मागिएको यो प्रकरणले स्थानीयवासीलाई मात्रै होईन, चुनावी सुरक्षाको बहसलाई समेत झस्काएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार फागुन ५ गते साँझ करिब ७ बजे यो प्रकरण सुरु भएको हो। खड्क नगरपालिका–८ बिसनपुरमा भाडामा बस्दै आएका इमरान खानकी सात वर्षीया छोरी नेहा खातुन घर आसपासबाटै बेपत्ता भइन्। प्रारम्भमा हराए जस्तो देखिएको यो घटना केही घण्टामै भयावह मोडमा पुग्यो, जब अज्ञात व्यक्तिले बालिकालाई मोटरसाइकलमा राखेर लगेको खुलेपछि परिवार र स्थानीयमा त्रास फैलियो। सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कल्याणपुरबाट संयुक्त टोली परिचालन गरियो।

खोजी कार्य तीव्र पारिएको थियो, तर घटनाले नाटकीय मोड लियो जब अपहरणकारीले बालिकाका पिता इमरान खानलाई फोन गरेर १ करोड रुपैयाँ नगद र ५ किलो सुन फिरौती माग्यो। फोनमार्फत उनलाई रुपनी गाउँपालिका–१ स्थित खाँडो खोलामा रकम लिएर आउन चेतावनी दिइएको थियो। यो सूचना पाएपछि प्रहरीले रणनीतिक योजना बनाएर सादा पोशाकमा टोली खटायो।

घटनास्थल वरपर निगरानी बढाइयो र अपहरणकारीलाई रंगेहात समात्ने तयारी गरियो। अन्ततः फागुन ७ गते साँझ करिब साढे पाँच बजे प्रहरीले रुपनी–१ खाँडो खोला नजिकैबाट ३० वर्षीय इम्तियाज अहमदलाई नियन्त्रणमा लियो। उनी खड्क नगरपालिका–९ सर्पा टोलका निवासी भएको खुल्यो। प्रहरीले नियन्त्रणमा लिएपछि बालिका नेहा खातुनलाई सकुशल उद्धार गर्न सफल भएको पुष्टि गरिएको छ। अपहरणपछि बालिकालाई नियन्त्रणमा राखेर फिरौती असुल्ने योजना बनाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

यो घटना सामान्य अपहरण मात्र नभई मानव बेचबिखन तथा शरीर बन्धक बनाउने आशंकासँग समेत जोडिएको भन्दै प्रहरीले गम्भीर अनुसन्धान अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेका इम्तियाज अहमदविरुद्ध अपहरण तथा शरीर बन्धक र मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको छ। सप्तरी जिल्ला अदालत बाट सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यो घटनाले चुनावी तयारीको बीचमा अपराधीहरू सक्रिय हुन थालेको संकेत दिएको भन्दै स्थानीय राजनीतिक वृत्त र सुरक्षाविद्हरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। सुरक्षा संयन्त्र चुनावी व्यवस्थापनमा केन्द्रित भएको अवस्थालाई अपराधीहरूले अवसरका रूपमा प्रयोग गर्न खोजेको हो कि भन्ने प्रश्न उठ्न थालेको छ।

यद्यपि प्रहरीले समयमै रणनीतिक कारबाही गरेर बालिकाको ज्यान बचाउन सफल भएको छ। तर करोडौंको फिरौती मागेर बालिका अपहरण गरिएको यो घटनाले सप्तरीमा अपराधको स्वरूप कति संगठित र साहसी हुँदै गएको छ भन्ने चेतावनी दिएको छ।

 

प्रतिक्रिया दिनुहोस

ऑक्सफ़ोर्ड इंग्लिश एक ...

कपिलवस्तु /कृष्णनगर कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिकाका वडा नं २ मा रहेको ऑक्सफ़ोर्ड इंग्लिश एके ...

सशक्त, समृद्ध, सम्मा ...

ओम प्रकाश यादव लहान चैत २९ । मधेश प्रदेशको सप्तरी जिल्ला बलान बिहुल गाउँपालिका वडा न. २ चन्हीमा &ldq ...

लहानमा कुशवाहा कल्या ...

रहमुल, लहान, २९चैत । सिरहाको लहान नगरपालिका–३ स्थित ल.ल.कु.मा.बि.को प्राङ्गणमा नेपाल कुशवाहा क ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१