वीरगंज ६ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले बुधवार वीरगञ्ज महानगरपालिका–३ छपकैयामा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रममा स्थानीय मतदाताहरूसँग अन्तरक्रिया गर्दै उनले आफ्ना विकासका योजना र प्रतिबद्धताहरू प्रस्तुत गरे ।
घरदैलो अभियानका क्रममा कानुले रास्वपाको करार पत्रअनुसार पाँच वर्षसम्म जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले जनताको जीवनस्तर उकास्ने र भुईँ तहका मानिसहरूको आवाजलाई संसद्मा प्रतिनिधित्व गर्ने बताए । “मसँग पर्साको सर्वाङ्गीण विकासका लागि स्पष्ट एजेन्डा, रोडम्याप र ब्लु प्रिन्ट छ,” उनले भने, “निर्वाचित भएको सय दिनभित्रै जिल्ला र क्षेत्रवासीले परिवर्तनको अनुभूति गर्नुहुनेछ ।”
कानुले विगतका निर्वाचित प्रतिनिधिहरूमाथि आरोप लगाउँदै यस क्षेत्रमा रोजगारी, शिक्षा, स्वास्थ्य र भौतिक पूर्वाधारमा उल्लेखनीय काम नभएको बताए । “आज पनि यो क्षेत्र २० वर्षअघिको जस्तै अवस्थामा छ,” उनले भने, “म निर्वाचित भएपछि यो अवस्था परिवर्तन गर्नेछु ।” आफूसँग काम गर्ने अनुभव रहेको र जनतालाई निराश नपार्ने दाबी गर्दै उनले मतदातालाई घण्टी चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे । साथै, रास्वपाका सबै उम्मेदवारहरूलाई विजयी गराएर मधेसी समुदायका बालेन्द्र शाह (बालेन) लाई देशकै पहिलो प्रधानमन्त्री बनाउन सकिने बताए ।
कानुले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखेको बताउँदै मुस्लिम महिला तथा युवाहरूलाई रोजगारीमुखी तथा सीपमूलक तालिम प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । कार्यक्रममा छपकैयाका स्थानीयवासी, विशेषगरी युवाहरू र ज्येष्ठ नागरिकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो । युवाहरूले कानुको उत्साहपूर्वक स्वागत गरेका थिए भने “परिवर्तनका लागि घण्टीमा मत हालौँ” भन्ने नारा समेत लगाएका थिए ।
प्रतिक्रिया दिनुहोस
सरकारी अस्पतालमा एन्टी स्नेक र एन्टी रेबिज खोप अभावः बिरामी निजी खर्चमा उपचार गर्न बाध्य, स्वास्थ्य सेवामाथि प्रश्न
मोतिपुरमा ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सरसफाइ तथा शौचालय निर्माणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic