Siraha Times
ताजा समाचार

सप्तरी–४ मा कांग्रेस उम्मेदवार तेजुलाल चौधरीको घरदैलो अभियान तीव्र

  • माघ २७, २०८२
  • ५३२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान माघ २७ । सप्तरी निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यका लागि मनोनयन दर्ता गराएका नेपाली कांग्रेसका उम्मेदवार तेजुलाल चौधरी यतिबेला घरदैलो अभियानलाई तीव्र बनाउँदै जनतामाझ सक्रिय रूपमा पुगिरहेका छन्। विकास, सुशासन, जनताको सुख–समृद्धि र क्षेत्रीय पूर्वाधार विस्तारलाई मुख्य एजेन्डा बनाएर उनी मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त देखिएका छन्।

घरदैलो कार्यक्रम अन्तर्गत चौधरीले बलान बिहुल गाउँपालिकाका विभिन्न बस्ती तथा टोलहरूमा पुगेर स्थानीयसँग भेटघाट गरेका छन्। विशेष गरी बलानपट्टि, कमलदाहा र मलहनिया क्षेत्रमा उनले जनताको समस्या, आवश्यकता र सुझावलाई नजिकबाट सुन्दै आफ्ना प्रतिबद्धता प्रस्तुत गरेका छन्। स्थानीयवासीसँगको भेटघाटमा उनले शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, कृषि आधुनिकीकरण र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

जनताबाट सकारात्मक प्रतिक्रिया पाएको भन्दै चौधरीले जनताको विश्वासलाई विकासमार्फत व्यवहारमा उतार्ने बताएका छन्। घरदैलोका क्रममा पार्टी कार्यकर्ता र समर्थकहरूको उल्लेख्य सहभागिता देखिएको छ भने आगामी दिनमा पनि अभियानलाई अझ व्यापक बनाउने कार्यक्रम रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१