ताजा समाचार

अलौंमा एमालेको शक्ति प्रदर्शन- अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेशमा उम्मेदवार रिमा यादवप्रति बढ्दो आकर्षण

  • माघ २४, २०८२
  • ५४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज २४ माघ। पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौंमा नेकपा एमाले वडा कमिटीको आयोजनामा अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता, समर्थक तथा नयाँ प्रवेशीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले नेकपा एमालेको संगठन विस्तार र आगामी निर्वाचनको तयारीलाई केन्द्रमा राखेर छलफल गरेका थिए। सो अवसरमा प्रतिनिधिसभा उम्मेदवार रिमा यादवप्रति स्थानीय स्तरमा बढ्दो आकर्षण देखिएको आयोजकहरूले बताएका छन्। भेलामा विभिन्न पार्टी परित्याग गरी केही स्थानीय युवा तथा अगुवाहरू एमालेमा प्रवेश गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका नेताहरूले वर्तमान राजनीतिक परिस्थितिमा स्थिरता, विकास र सुशासनका लागि बलियो नेतृत्व आवश्यक रहेको बताएका थिए। उम्मेदवार रिमा यादवले आफू जनताको समस्या समाधानमा केन्द्रित रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय विकास, रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्ने उल्लेख गरिन्।

उनले अलौसहित पर्सा–२ का विभिन्न स्थानमा सडक, पूर्वाधार र युवाका अवसरसम्बन्धी समस्या अझै समाधान हुन नसकेको भन्दै जनताको विश्वास जितेर परिवर्तनको अभियान अघि बढाउने बताइन्। कार्यक्रममा सहभागी युवाहरूले नयाँ सोच र परिणाममुखी नेतृत्वको आवश्यकता रहेको भन्दै उम्मेदवार यादवप्रति समर्थन व्यक्त गरेका थिए। स्थानीय स्तरमा पार्टी प्रवेश र कार्यकर्ता सक्रियतासँगै एमालेले पर्सा–२ मा चुनावी माहोल तातिएको संकेत देखिएको नेताहरूको भनाइ थियो। आयोजकहरूले आगामी दिनमा घरदैलो तथा जनसम्पर्क अभियानलाई अझ तीव्र बनाउने योजना समेत सार्वजनिक गरेका थिए।

प्रतिक्रिया दिनुहोस

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

रसुवा बाढीपहिरोमा ज् ...

ओम प्रकाश यादव लहान कार्तिक ३ । रसुवामा आएको बाढीपहिरोमा आफन्त गुमाएर शोकमा डुबेका परिवारको पीडामा स ...

धार्मिक सद्भावको उदा ...

रामअधार यादव, रौतहट, कार्तिक  ३ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचोकमा सञ्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤