Siraha Times
ताजा समाचार

कफ्र्यूको अवज्ञा गर्दै कश्मिरमा ओर्लियो जनसैलाब

  • साउन २७, २०७६
  • ९७७ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सिरहाटाइम्स साउन २७ । कश्मीर काण्डबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गरेको पर्सीपल्ट अगस्ट १० मा कश्मीरमा भव्य आन्दोलन सहितको एक भिडियो सार्वजनिक भएको छ । लिफोन लगायत सञ्चार विच्छेद गर्दै कफ्र्यू लगाइएको कश्मीरमा हजारौं नागरिक सडकमा उत्रिएर आन्दोलन गरेको भिडियो बिबिसीले सार्वजनिक गरेको हो । आज शनिबार कश्मीरमा भइरहेको प्रदर्शनको क्रममा सुरक्षाकर्मीले अश्रूग्यास प्रहार गरिरहेको छ ।

बिबिसीले सार्वजनिक गरेको भिडियोमा हजारौं मानिस सडकमा देखिन्छन् । उनीहरु भारतविरुद्ध नारावाजी गरिरहेका देखिन्छन् । ‘गो इन्डिया गो ब्याक’, ‘वी वान्ट फ्रिडम’ जस्ता नारावाजी उनीहरुले लगाइरहेका छन् । भारत सरकारले कश्मीरको विशेषाधिकार खारेज गरिदिएपछि नै यहाँ आन्दोलन हुँदैआएको बताइएको छ । अलजजीरा, न्यूयोर्क टाइम्स र समाचार एजेन्सी रोयटर्सले दाबी गरेको छ कि प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले अश्रु ग्याससहित हवाइ फायर गरेको छ । सो क्रममा केही प्रदर्शनकारी घाइते समेत भएका दाबी गरिएको छ। रिपोर्टमा दाबी गरिएको छ कि विदेशी सञ्चार माध्यम र पत्रकारलाई निधेष गरिएको छ । तर भारतीय मिडियाले भने कश्मीर सामान्य स्थितिमा रहेको दाबी गरेका छन् ।

अलजजीराले दाबी गरेको छ कि उसँग भएको विरोध प्रदर्शनको एक्सक्लूसिव भिडियो फुटेज छ । अलजजीराका अनुसार भारत प्रशासित कश्मीरको श्रीनगरमा शुक्रबार नमाजपछि प्रदर्शन सुरु भएको थियो । कर्फ्यूको अवज्ञा गर्दै हजारौँको संख्यामा प्रदर्शनकारीहरु सडकमा निस्केको समाचारमा दाबी गरिएको छ । उक्त रिपोर्टमा दाबी गरिए अनुसार प्रदर्शनकारीले कालोझण्डा बोकेका थिए । केहीले हातमा बोकेको प्ले कार्डमा ‘हामी स्वतन्त्रता चाहन्छौँ’ र अनुच्छेद ३७० हटाउने विषय मान्दैनौँ’ जस्ता नारा लेखिएका थिए । मोदी सरकारले गत सोमबार जम्मू कश्मीरलाई विशेष दर्जा दिने अनुच्छेद ३७० खारेज भएको घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

२३औँ राष्ट्रिय धान द ...

रहमुल, काठमाडौं, १४ असार । "धान उत्पादन बढाऔँ, किसान समृद्ध बनाऔँ, देशलाई खाद्यान्नमा आत्मनिर्भर बना ...

बागमती प्रदेश समन्वय ...

आशिक हुसैन शेख दोहा कतार, जुन २८ । "सम्पूर्ण नेपालीको चाहना, शान्त समृद्धि नेपालको परिकल्पना" भन्ने ...

लहानमा संघीयता कार्य ...

लहान, असार १४ । संघीय संसद राष्ट्रिय सभा अन्तर्गत संघीयता सवलीकरण तथा सांस्कृतिक सम्पदा संरक्षण समित ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१