Siraha Times
ताजा समाचार

सिरहा–२ मा समग्र विकास र सामाजिक न्यायका लागि सन्जिबलाई समर्थनको अपिल

  • माघ २४, २०८२
  • ६११ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान माघ २४ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा समग्र विकास, सामाजिक न्याय तथा समृद्धिको एजेन्डालाई अघि सार्दै जनता समाजवादी पार्टी (जसपा) नेपालका युवा, सक्षम तथा शालीन उम्मेदवार सन्जिब कुमार यादवलाई विजयी गराउन मतदातासँग अपिल गरिएको छ।

निर्वाचन प्रचार–प्रसारलाई तीव्र बनाउँदै जसपा नेपालका स्थानीय नेता तथा कार्यकर्ताहरूले क्षेत्र नम्बर २ का विभिन्न गाउँ–बस्तीमा घरदैलो कार्यक्रम, अन्तरक्रिया तथा भेटघाटलाई निरन्तरता दिएका छन्। उनीहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पूर्वाधार विकास र सामाजिक समानताको मुद्दालाई प्राथमिकतामा राख्दै यादवलाई अत्यधिक मतले विजयी गराउन आग्रह गरेका हुन्।

उम्मेदवार यादवले क्षेत्रको दिगो विकास, सुशासन, पारदर्शिता र जनमुखी कार्यक्रममार्फत सिरहा–२ लाई नमूना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। युवाको नेतृत्व र नयाँ सोचमार्फत परिवर्तन सम्भव रहेको बताउँदै उनले सबै जात, वर्ग र समुदायलाई समेटेर अघि बढ्ने अठोट दोहोर्‍याएका छन्।

जसपा नेपालका कार्यकर्ताहरूका अनुसार मधेशको अधिकार, पहिचान, समावेशी विकास र सामाजिक न्यायका सवालमा पार्टी निरन्तर संघर्षरत रहेकाले यसपटक पनि जनताले छाता छापमा मोहर लगाई सन्जिब कुमार यादवलाई विजय गराउने विश्वास लिइएको छ। निर्वाचन नजिकिँदै जाँदा सिरहा–२ मा चुनावी माहोल तातेको छ भने मतदाताहरू विकास र स्थायित्वको पक्षमा निर्णय गर्ने तयारीमा देखिएका छन्।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१