Siraha Times
ताजा समाचार

पर्सा–२ मा अजय चौरसियाको वाचा धेरै र परिणाम शुन्य भन्दै युवाहरुमा असन्तुष्टि बढदै

  • माघ २२, २०८२
  • ६२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया, वीरगंज २२ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका उम्मेदवार अजय कुमार चौरसिया प्रतिको असन्तुष्टि बढदै गएको देखिन्छ । बिगतका चुनावमा नेता चौरसियाले धैरै वाचाहरु गरे पनि परिणाम शुन्य रहेको भन्दै सो क्षेत्रका युवाहरुमा असन्तुष्टि बढेके देखिन्छ ।

उम्मेदवार चौरसिया प्रति मतदाताको घट्दो रुचि केवल असन्तोष मात्र होइन, यो परम्परागत राजनीतिक शैली प्रतिको गहिरो अस्वीकृतिको संकेतका रूपमा देखिन थालेको छ । निर्वाचन नजिकिँदै जाँदा चौरसियाको चुनावी अभियान जनअपेक्षा र यथार्थ बीचको दूरीका कारण दबाबमा परेको स्पष्ट देखिन्छ । चौरसियामाथि लागेको आरोपहरू राजनीतिक भाषणमा सीमित छैनन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी बहुदरमाई नगरसभापति चन्दन यादवले उठाएको अफताब आलम प्रकरण सँग जोडिएको आरोपले चौरसियाको छविमा गम्भीर धक्का पु¥याएको देखिन्छ । यसका साथै सार्वजनिक संकटका बेला, विशेषगरी खानेपानी अभाव हुँदा समेत जनता भन्दा व्यक्तिगत घेरालाई प्राथमिकता दिएको आरोपले स्थानीय स्तरमा बढदै गएको पर्सागढी नगरपालिका वडा नं. २ का एक युवाले बताए ।

स्थानीय तहमा उठिरहेका गुनासा कुनै नयाँ विषय होइनन् । पानी, स्वास्थ्य, शिक्षा, रोजगारी र आधारभूत सेवा पर्सा–२ का पुराना र जटिल समस्या हुन् । तर यी समस्यामा दीर्घकालीन समाधान दिन नसक्नुले चौरसियाको नेतृत्व क्षमता माथि प्रश्न उठेको छ । अघिल्लो निर्वाचनमा विजयी भए पनि जनताको दैनिक जीवनमा देखिने ठोस परिवर्तन ल्याउन नसकेको ती युवाको भनाई रहेको छ । चुनावको समयमा गरिएका वाचा र व्यवहारबीचको ठूलो अन्तरले मतदाता उनी प्रति रुष्ट देखिएका छन् ।

“चुनावको बेला मात्रै देखिने नेता” भन्ने अभिव्यक्ति अहिले पर्सा–२ मा आम धारणा बन्दै गएको छ, जुन कुनै पनि उम्मेदवारका लागि राम्रो संकेत होईन । जेन्जी आन्दोलन पछि आम नेपालीहरुमा नयाँ पुस्ता प्रति आकर्षण बढदो देखिन्छ । चौरसिया बिगत लामो समय देखि राजनीति गर्दै आएकोमा अब उनले नयाँलाई अगाडि बढाउनु पर्नेमा सत्ता र कुर्सीका लागि पुनः चुनावमा होमिएकोले आममतदाता असन्तुष्ट देखिएका छन् ।

पुराना अनुहार, उही भाषण र अस्पष्ट कार्ययोजना अब स्वीकार्य नहुने सन्देश युवाहरूले खुलेर दिइरहेका छन् । यसले चौरसियाको परम्परागत मत आधारलाई समेत कमजोर बनाइरहेको विश्लेषण गरिन्छ ।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१