ताजा समाचार

पर्सागढी–३ झावराहामा एमाले उम्मेदवार रिमा यादवको घरदैलो अभियान

  • माघ २२, २०८२
  • ५४५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रोशन कुमार,वीरगंज २२ माघ । नेकपा एमाले पर्सा क्षेत्र नं. २ की उम्मेदवार रिमा कुमारी यादवले पर्सागढी नगरपालिका वडा नम्बर ३ स्थित झावराहामा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएकी छन् ।

घरदैलोका क्रममा उम्मेदवार यादवले स्थानीय मतदाताहरु सँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, आवश्यकता तथा अपेक्षाबारे जानकारी लिएकी हुन् । साथै उनले नेकपा एमालेको नीति, कार्यक्रम तथा आगामी दिनमा जनताको हितमा गरिने योजनाबारे स्पष्ट पारेकी थिईन । स्थानीयवासीहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, सडक तथा खानेपानीजस्ता आधारभूत समस्याहरू उठाएका थिए ।

ती समस्यालाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै उम्मेदवार यादवले विकास र सुशासन आफ्नो प्राथमिकता हुने बताईन । स्थानीय मतदाताहरूले जेनजी आन्दोलनको मर्मअनुसार एमालेले शिक्षित, सक्षम र नयाँ पुस्ताको उम्मेदवार अघि सारेको भन्दै प्रशंसा गरेका थिए ।

कार्यक्रमका क्रममा केही मतदाताहरूले अब पुराना नेताहरूलाई भोट नदिने घोषणा गर्दै नयाँ सोच र ऊर्जा बोकेकी जेनजी उम्मेदवार रिमा यादवलाई तन, मन र धनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । घरदैलो कार्यक्रम मार्फत जनता सँग नजिकिने अवसर मिलेको भन्दै पार्टीले यसलाई प्रभावकारी अभियानका रूपमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

रसुवा बाढीपहिरोमा ज् ...

ओम प्रकाश यादव लहान कार्तिक ३ । रसुवामा आएको बाढीपहिरोमा आफन्त गुमाएर शोकमा डुबेका परिवारको पीडामा स ...

धार्मिक सद्भावको उदा ...

रामअधार यादव, रौतहट, कार्तिक  ३ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचोकमा सञ्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤