Siraha Times
ताजा समाचार

पर्सागढी–३ झावराहामा एमाले उम्मेदवार रिमा यादवको घरदैलो अभियान

  • माघ २२, २०८२
  • ४७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रोशन कुमार,वीरगंज २२ माघ । नेकपा एमाले पर्सा क्षेत्र नं. २ की उम्मेदवार रिमा कुमारी यादवले पर्सागढी नगरपालिका वडा नम्बर ३ स्थित झावराहामा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएकी छन् ।

घरदैलोका क्रममा उम्मेदवार यादवले स्थानीय मतदाताहरु सँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूका समस्या, आवश्यकता तथा अपेक्षाबारे जानकारी लिएकी हुन् । साथै उनले नेकपा एमालेको नीति, कार्यक्रम तथा आगामी दिनमा जनताको हितमा गरिने योजनाबारे स्पष्ट पारेकी थिईन । स्थानीयवासीहरूले शिक्षा, स्वास्थ्य, रोजगारी, सडक तथा खानेपानीजस्ता आधारभूत समस्याहरू उठाएका थिए ।

ती समस्यालाई समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै उम्मेदवार यादवले विकास र सुशासन आफ्नो प्राथमिकता हुने बताईन । स्थानीय मतदाताहरूले जेनजी आन्दोलनको मर्मअनुसार एमालेले शिक्षित, सक्षम र नयाँ पुस्ताको उम्मेदवार अघि सारेको भन्दै प्रशंसा गरेका थिए ।

कार्यक्रमका क्रममा केही मतदाताहरूले अब पुराना नेताहरूलाई भोट नदिने घोषणा गर्दै नयाँ सोच र ऊर्जा बोकेकी जेनजी उम्मेदवार रिमा यादवलाई तन, मन र धनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रममा नेकपा एमालेका स्थानीय नेता, कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो । घरदैलो कार्यक्रम मार्फत जनता सँग नजिकिने अवसर मिलेको भन्दै पार्टीले यसलाई प्रभावकारी अभियानका रूपमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सरकारी अस्पतालमा एन् ...

रहमुल, लहान, ३१ असार मधेश प्रदेशअन्तर्गतका सरकारी तथा प्रादेशिक अस्पतालहरूमा लामो समयदेखि एन्टी स्ने ...

मलखाद वितरणमा पक्षपा ...

ओम प्रकाश यादव लहान, असार ३१ । खेतीपातीको मुख्य सिजनमा आवश्यक रासायनिक मलखाद नपाएको भन्दै सिरहाको भग ...

डीएपी मलको चरम अभावः ...

रहमुल राइन लहान, ३१ असार । देशभर धान रोपाइँ अन्तिम चरणमा पुगिसक्दा किसानका लागि अत्यावश्यक डीएपी मलक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१