ताजा समाचार

युट्युबर र सञ्चारकर्मीबाट आचारसंहिता उल्लंघन बढ्दो, महासंघको गम्भीर आपत्ति

  • माघ २१, २०८२
  • ७१८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान मघ २१ । देशमा बढ्दो बेरोजगारीका कारण पछिल्लो समय धेरै युवाहरू वैकल्पिक पेशाका रूपमा पत्रकारिता तथा डिजिटल मिडियातर्फ आकर्षित भएका छन्। विशेषतः युट्युब, फेसबुकलगायत सामाजिक सञ्जालको प्रयोग बढेसँगै पत्रकारिताको नाममा आचारसंहिता उल्लंघन हुने क्रम पनि तीव्र बन्दै गएको छ। यसप्रति नेपाल पत्रकार महासंघ सिराहाले गम्भीर आपत्ति जनाएको छ।

महासंघका अनुसार २०८२ साल फाल्गुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गराउन आम सञ्चार जगतको भूमिका अत्यन्त महत्त्वपूर्ण छ। तर पछिल्लो समय केही युट्युबर, सामाजिक सञ्जाल प्रयोगकर्ता, सञ्चारकर्मी तथा सञ्चारमाध्यमहरूले दल र उम्मेदवारको पक्ष वा विपक्षमा खुलेर समर्थन र विरोध जनाउने, घृणा र द्वेष फैलाउने सामग्री प्रकाशन तथा प्रसारण गरेको पाइएको महासंघले जनाएको छ।

कुनै पार्टी वा उम्मेदवारको पक्षमा मत माग्नु, “फलानो उम्मेदवारलाई भोट दिनु” जस्ता अभिव्यक्ति दिनु पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिता विपरीत रहेको महासंघको ठहर छ। कतिपय सञ्चारकर्मी उम्मेदवारसँगै हिँडेर मत माग्ने, समर्थन र विरोधजन्य भिडियो तथा सामग्री सार्वजनिक गरेको घटनाप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघ सिराहाले सबै सञ्चारकर्मीलाई पत्रकारिता आचारसंहिता र निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै पत्रकारिताको उच्च धर्म निर्वाह गर्न अपील गरेको छ। साथै, आसन्न निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन भूमिका खेल्न र कुनै दल वा उम्मेदवारको पक्ष–विपक्षमा नलाग्न आग्रह गरेको छ। गैरकानुनी तथा आचारसंहिता विपरीत कार्य गर्नेहरूलाई कडा कारबाही गर्न सरोकारवाला निकायसँग आग्रह गर्दै, त्यस्ता कारबाहीमा महासंघले कसैको पक्षपोषण नगर्ने स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

रसुवा बाढीपहिरोमा ज् ...

ओम प्रकाश यादव लहान कार्तिक ३ । रसुवामा आएको बाढीपहिरोमा आफन्त गुमाएर शोकमा डुबेका परिवारको पीडामा स ...

धार्मिक सद्भावको उदा ...

रामअधार यादव, रौतहट, कार्तिक  ३ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचोकमा सञ्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤