ओम प्रकाश यादव लहान, २१ माघ। उज्यालो नेपाल पार्टीका केन्द्रिय अध्यक्ष कुलमान घिसिङ २२ माघ बिहीवार दिउँसो २ बजे लहान आउने कार्यक्रम तय भएको छ। पार्टी स्रोतका अनुसार उहाँको लहान भ्रमणका क्रममा विभिन्न भेटघाट तथा धार्मिक एवं संगठनात्मक कार्यक्रमहरू तय गरिएको छ।
लहान आगमनपछि अध्यक्ष घिसिङले जेन्जी आन्दोलनका क्रममा वीरगति प्राप्त गरेका लहान–१५ का विजय चौधरीका आफन्तजनसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ। त्यसपछि उहाँले माता राजदेवी मन्दिरमा पुगेर दर्शन गर्ने र स्थानीय कार्यकर्ता तथा मतदातासँग भलाकुसारी गर्ने तालिका रहेको छ।
उज्यालो नेपाल पार्टी सिरहा क्षेत्र नं. १ की उम्मेदवार तारा कुमारी चौधरीका अनुसार अध्यक्ष घिसिङको उपस्थितिले क्षेत्रीय संगठनलाई थप ऊर्जा मिल्ने विश्वास लिइएको छ। उहाँले कार्यकर्ता परिचालन र जनसम्पर्क विस्तारलाई केन्द्रमा राखेर कार्यक्रम तय गरिएको बताइन्।
यसैगरी, कार्यकर्ता भेटघाटसँगै लहान–३ स्थित पार्टीको जनसम्पर्क कार्यालय उद्घाटन कार्यक्रम समेत राखिएको अध्यक्ष घिसिङको निजी सचिवालयले जनाएको छ। पार्टीले भ्रमण कार्यक्रमलाई लक्षित गर्दै आवश्यक तयारी तीव्र बनाएको छ।
प्रतिक्रिया दिनुहोस
सरकारी अस्पतालमा एन्टी स्नेक र एन्टी रेबिज खोप अभावः बिरामी निजी खर्चमा उपचार गर्न बाध्य, स्वास्थ्य सेवामाथि प्रश्न
मोतिपुरमा ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सरसफाइ तथा शौचालय निर्माणसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic