Siraha Times
ताजा समाचार

करीब एक वर्ष पहिला पशुपतिमा भेटिएका बचाको आज जन्म दिन

  • साउन २६, २०७६
  • १०६९ पटक पढिएको
  • सिराहा टाइम्स
alt

सिरहाटाइम्स श्रावन २६ । ललितरको कसुन्ती हाईटमा रहेको एउटा पवित्र ठाउँ- नेपाल स्नेही काखमा । मनारोगी दिदी बहिनीहरु र उनीहरुबाट जन्मेका सन्तानहरुले नव जीवन पाउने थलोमा आज हामी बाबु भविष्यको जन्मदिन मनाउन पुगेका थियौं ।एक बर्षअघि पशुपछत क्षेत्रमा फोहोरको डस्टबिनमा फालिएको अवस्थामा भेटिएका भविष्य निकै राम्रा भएछन् । भविष्यको पालन पोषणका लागि हामीले पनि नेपाल स्नेही काखकी आमा श्रीनेहा पोख्रेललाई सहयोग गर्दै आएका छौं । सोही अनुसार बार्षिय २४ हजार रुपैंया उनको लागि छुट्याएका छौं । निर्दोष भविष्यसंगै अन्य थुप्रै बाल बालिकाहरुको भविष्य स्नेही काख नेपालमा फुल्दैछ ।स्नेही काखमा फुल्दै गरेका थुप्रै कोपिला जस्ता बाल बालिकाहरुसंगै केक काट्दै हामीले बाबु भविष्यको जन्मदिनको खुशी साट्यौं । स्नेही काख नेपालमा पछिल्लो समयको बर्षाले निकै तनाव दियो । अर्को भवनको निर्माणका चुनौतीहरु र गाह्रो, अप्ठेरोका बिषयमाआमा श्रीनेहा पोख्रेलले बताउनु भएको छ । साथै हामीले भिडियोमै स्नेही काखका लागि बिभिन्न सहयोगीहरुबाट प्राप्त सहयोग रकम २१ हजार १ सय पनि बुझाएका छौं । 

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१