ताजा समाचार

उज्यालो पार्टीका उम्मेदवार यादवको घरदैलो कार्यक्रम सुरु

  • माघ १५, २०८२
  • ७१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बोदे बर्साईन , सप्तरी : १५ माघ – उमेश कुमार साह उज्यालो नेपाल पार्टी सप्तरीले क्षेत्र नं ४ मा आफ्नो चुनावी प्रचार प्रसारका क्रममा घरदैलो कार्यक्रम सुरु गरेको छ । बुधबार बिहान बोदे बर्साईन नगरपालिकाका बजार तथा भित्री टोलहरूबाट घरदैलो कार्यक्रम सुरु भएको हो ।

पार्टीका नेता तथा प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र नं ४ का उम्मेदवार बिसो कुमार यादवले आफ्नो चुनावी प्रचार अभियानमा खटिएका नेता तथा कार्यकर्ताहरूसँग घरदैलो गरिरहेका छन् । त्यसक्रममा उम्मेदवार यादवले घरघरमा मतदाताहरूलाई भेटेर आफूले बनाइएको एजेन्डा सहित युवा पुस्ताका उमेदवारलाई भोट दिन आग्रह गरेका थिए ।

घरदैलोका क्रममा स्थानीयले उम्मेदवार यादवलाई स्वागत गर्दै जितको शुभकामना पनि दिएका थिए । निर्वाचन क्षेत्रका सबै वडाहरू तथा अरू पनि विभिन्न स्थानमा प्रचार प्रसारका लागि कार्यालयहरू पनि चाडैं संचालनमा ल्याउने उज्यालो नेपाल पार्टीका जिल्ला संयोजक डा सुर्य प्रसाद यादवले बताए ।

घरदैलो कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा निर्वाचन क्षेत्र नं २ का उमेदवार डा. दिप चौधरी , समानुपातिकतर्फका उम्मेदवार ई. तेज नारायण यादव लगायत जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरू सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस

लोकपरम्पराको संरक्षण ...

“संस्कृतितबजीवन्तरहन्छ, जब त्यसले सबैको सम्मान गर्छ र कसैलाईपनिविभेदमाराख्दैन।” लोकसंस्क ...

रसुवा बाढीपहिरोमा ज् ...

ओम प्रकाश यादव लहान कार्तिक ३ । रसुवामा आएको बाढीपहिरोमा आफन्त गुमाएर शोकमा डुबेका परिवारको पीडामा स ...

धार्मिक सद्भावको उदा ...

रामअधार यादव, रौतहट, कार्तिक  ३ । रौतहटको कटहरिया नगरपालिका–१ र २ अन्तर्गत छेदीचोकमा सञ्च ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤