Siraha Times
ताजा समाचार

भोक्राहा नरसिंहबाट पहिलो मन्त्री बनेका डा. इस्राइल मन्सुरीलाई बधाईको ओइरो

  • पुस २५, २०८२
  • ६०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल,लहान २५ पुस सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका बाट पहिलो पटक मन्त्री बन्न सफल भएका नेपाली कांग्रेसका नेता हाजी डा. इस्राइल मन्सुरीलाई बधाई तथा शुभकामनाको ओइरो लागेको छ। कोशी प्रदेश सरकारमा उद्योग, कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी सम्हाले पछि स्थानीय स्तरमा उहाँको भव्य स्वागत गरिएको हो। मन्त्री नियुक्ति पश्चात् भोक्राहा नरसिंह गाउँपालिकामा आयोजित स्वागत कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कांग्रेसका नेता–कार्यकर्ता, सामाजिक अगुवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

सहभागीहरूले डा. मन्सुरीलाई फूलमाला, खादा तथा शुभकामना व्यक्त गर्दै ऐतिहासिक उपलब्धिको रूपमा स्वागत गरेका थिए। कार्यक्रममा बोल्दै मन्त्री डा. मन्सुरीले आफूलाई प्राप्त जिम्मेवारी केवल व्यक्तिगत उपलब्धि नभई सम्पूर्ण भोक्राहा नरसिंहवासी र सुनसरी जिल्लाकै गौरव भएको बताए। उनले उद्योग, कृषि तथा सहकारी क्षेत्रको विकास मार्फत रोजगारी सिर्जना, कृषकको आय वृद्धि र स्थानीय उत्पादनको प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

स्थानीयवासीहरूले भोक्राहा नरसिंह गाउँपालिका बाट पहिलो पटक प्रदेश सरकारमा मन्त्रीको प्रतिनिधित्व हुनुले विकासका नयाँ ढोका खुल्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार मन्त्री डा. मन्सुरीको अनुभव, शिक्षा र राजनीतिक सक्रियताले गाउँपालिका मात्र नभई समग्र क्षेत्रको समृद्धिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। स्थानीय तहबाट प्रदेश सरकारमा पुगेको यो प्रतिनिधित्वले भोक्राहा नरसिंह गाउँपालिकाको पहिचान थप उचाइमा पुर्‍याएको भन्दै यहाँका बासिन्दाहरूले खुशी व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१