Siraha Times
ताजा समाचार

सिरहाको लहानमा बिधालय ब्यबस्थापन तथा नेतृत्व बिकास सम्बन्धि तिन दिने तालिम सुरु

  • साउन २२, २०७६
  • ११७९ पटक पढिएको
  • महेश सिंह
alt

महेश सिंह महतो सिरहा २२ , श्रावण सिरहाको लहानमा आज देखी ३ दिने विधालयको व्यवस्थापकीय क्षमता सुधार तथा सुशासनका लागि विधालय व्यवस्थापन सम्बन्धी क्षमता अभिबृद्धी तथा नेतृत्व विकास तालिम सुरु भएको छ । सेभद चिल्ड्रेनको सहयोग तथा सप्तरीको सुरुङ्गा नगरपालिका ( शिक्षा युवा तथा खेलकुद शाखा) को सहयोगमा तालिम आयोजना भएको आयोजक संस्था सबल नेपालका राधेश्याम रामले जानकारी दिनुभएको छ । तालिमको उदघाटन गर्ने क्रममा प्रमुख अतिथिको आसन्न बाट बोल्दै सुरुङ्गा नगरपालिकाका मेयर मुक्तिनाथ चौधरीले तालिमले बिधालय क्षेत्र सुधार गर्न अति आब्यश्यक भुमिका खेल्ने बताएका छन । प्रमुख चौधरीले सामुदायिक बिधालयहरुको पठन पाठन अहिले पनी संन्तोष जनक नभएकोले सुधार गर्न नगरपालिका बिभिन्न खालका प्रयासहरु गरीरहेको बताए । तालिममा बाल संरक्षण नीति , मिल प्रणाली , बालमैत्रि विधालयको सुचकहरु , विधालयमा लेखा ब्यबस्थापन तथा शैक्षिक सामग्री व्यबस्थापनको बारेमा छलफल हुने गरेको आयोजक संस्थाले जनाएकोछ । करिब २५ जना सहभागीता रहेको तालिमको सहजिकरण सवल नेपालका नगर शिक्षा अधिकृत हिरालाल राणा , शिक्षा श्रोत व्यक्ति भोगेन्द्र कुमार यादव गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१