Siraha Times
ताजा समाचार

तिलाठी कोईलाडी–१ र २ बाल विवाह मुक्त वडा घोषणा

  • पुस ७, २०८२
  • ५६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान ७ पुस । बालबालिकाको अधिकार संरक्षण तथा सुरक्षित भविष्य निर्माणतर्फ महत्वपूर्ण कदमस्वरूप तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर १ र २ लाई आइतबार औपचारिक रूपमा बाल विवाह मुक्त वडा घोषणा गरिएको छ। तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर–१ कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, शिक्षक, अभिभावक, महिला समूह, बाल क्लब तथा विभिन्न सरोकारवालाको सहभागितामा सामूहिक प्रतिबद्धतासहित घोषणा गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि तथा तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले बाल विवाह सामाजिक अपराध भएको स्पष्ट गर्दै यसको अन्त्यका लागि केवल कानुनी व्यवस्था मात्र पर्याप्त नहुने बताए। उनले समुदायस्तरको चेतना, सक्रिय सहभागिता र निरन्तर निगरानी आवश्यक रहेको उल्लेख गरे। बाल विवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य र समग्र भविष्यमा गम्भीर नकारात्मक असर पार्ने भन्दै यसको अन्त्यमा समुदायको भूमिका निर्णायक हुने अध्यक्ष मण्डलको भनाइ थियो। उनले बाल विवाह रोकथामका लागि वडा तहबाट निरन्तर अनुगमन, जनचेतना अभिवृद्धि तथा सम्बन्धित निकायसँग सहकार्य गरिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा सहभागी वक्ताहरूले बाल विवाहसम्बन्धी विद्यमान कानुनी प्रावधान, यसका दीर्घकालीन सामाजिक तथा स्वास्थ्यगत असर, साथै रोकथामका प्रभावकारी उपायबारे जानकारीमूलक मन्तव्य प्रस्तुत गरेका थिए। बाल क्लब तथा विद्यालयका विद्यार्थीहरूले बाल विवाह विरुद्ध चेतनामूलक नाटक, कविता र सन्देशमूलक प्रस्तुति मार्फत समुदायलाई सचेत बनाएका थिए।

कार्यक्रमको अन्त्यमा सहभागी सबैले बाल विवाह नगर्ने, नगराउने र कहीँ कतै बाल विवाह भएको वा हुने संकेत देखिएमा तत्काल सम्बन्धित निकायमा जानकारी गराउने सामूहिक प्रतिबद्धता जनाए। स्थानीय तह, समुदाय र सरोकारवालाहरूको संयुक्त प्रयासबाट बाल विवाह उन्मूलनतर्फ ठोस कदम चालिएको भन्दै सहभागीहरूले यस अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

कृषि कार्यक्रमले फेर ...

रहमुल, सिरहा, १६ भदौ । सिरहाको बरियारपट्टी गाउँपालिका मा दलित जनकल्याण युवा क्लब (DJYC) लहान र स्थान ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१